राष्ट्रियसभामा दुई विधेयक पेश, अर्को बैठक आइतबार

नेपालबहस संवाददाता
माघ १८, २०८१ शुक्रबार १५:५८:५०

१८ माघ, काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ पेश गरिएको छ । राष्ट्रियसभाको आजदेखि प्रारम्भ भएको सत्रौँ अधिवेशनमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ती विधेयक पेश गरेको हो ।
विधेयक पेस गर्दै सभापति दाहालले पत्रकारिता क्षेत्रमा पेसागत आचारसंहिता कायम गर्ने लक्ष्य रहेको उल्लेख गरे । नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदनले नवीकरणीय ऊर्जा प्रवर्द्धनमार्फत वातावरण संरक्षण र ऊर्जा प्रवर्द्धनबाट दिगो विकासको लक्ष्य हासिल गर्ने लक्ष्य लिइएको उनको भनाइ थियो ।
विधेयक पेश भएपछि राष्ट्रिय सभा बैठक माघ २० गतेसम्मका लागि स्थगित गरिएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार १ बजेर १५ मिनेटमा अर्को बैठक बस्ने सूचना सुनाएका हुन् ।
आजदेखि प्रारम्भ भएको राष्ट्रिय सभाको सत्रौँ अधिवेशनको प्रारम्भमा सदस्यहरुलाई स्वागत गर्दै अध्यक्ष दाहालले सभा र समितिका कामकारबाहीलाई सुव्यवस्थित रुपमा सञ्चालन गर्न विगतमा जस्तै स्वअनुशासित र स्वनियमनमा आधारित भई सुझबुझपूर्ण ढंगले आफूलाई क्रियाशील तुल्याउन आग्रह गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपेन्द्र यादवले किन गर्दैछन् अध्यादेश बारे अन्तरक्रिया ?
फागुन १६, २०८१ शुक्रबार
राजनीतिक संयन्त्रको बैठकअघि बुढानिलकण्ठमा कांग्रेसका शीर्ष नेतासँग छलफल गर्दै सभापति देउवा
फागुन १६, २०८१ शुक्रबार
अध्यादेशबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
फागुन १६, २०८१ शुक्रबार
महेन्द्र मोरङमा नेविसंघका दुई समूहबीच झडप, देउवा पक्षको आक्रमणबाट शेखर पक्षका नेता घाइते
फागुन १५, २०८१ बिहिबार
भारतको रक्षा र सुरक्षा साझेदारीमा इयुको नजर : भोन डेर लेयन
फागुन १६, २०८१ शुक्रबार
अर्थतन्त्रले धेरै कठिनाइको सामना गर्नुपरेको चिनियाँ राष्ट्रपति सीको भनाइ
फागुन १६, २०८१ शुक्रबार
संघीय समपूरक र विशेष अनुदान : प्रदेश र स्थानीय तहबाट मागे अनुसार प्रस्ताव नआएपछि समय थपियो
फागुन १६, २०८१ शुक्रबार
मौसममा सुधार आएपनि त्रिभुवन विमानस्थलको सेड्युल प्रभावित, आन्तरिक तर्फका अधिकांश उडान रद्द
फागुन १६, २०८१ शुक्रबार
समिर भट्टको दोस्रो चलचित्र ‘बलिदान’ फूलपातीमा रिलिज हुने
फागुन १६, २०८१ शुक्रबार
स्टार्मरको अगुवाइमा आइतबार यूक्रेन युद्धबारे महत्वपूर्ण ‘शिखर सम्मेलन’ गरिने
फागुन १६, २०८१ शुक्रबार