काठेखोला गाउँपालिकाद्वारा निःशुल्क स्वास्थ्य बिमा

नेपालबहस संवाददाता
माघ १८, २०८१ शुक्रबार २२:१:९

१८ माघ, बागलुङ । जिल्लाको काठेखोला गाउँपालिकाले यसवर्ष एक हजार ५२ परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । नागरिकलाई स्वास्थ्य बिमामार्फत उपचार पुर्याउने उद्देश्यले पलिकाका दलित, विपन्न, जनजाती, अपाङ्गता तथा एकल महिलाको निःशुल्क बिमा गरिएको हो ।
गाउँपालिकाले तीन वर्षदेखि दुई सयलाई स्वास्थ्य बिमा गराउँदै आएकामा यस वर्षदेखि आठ सय परिवार थप गरी पालिकाभित्रका सबै दलित, विपन्न, अपाङ्गता र एकल महिलालाई निःशुल्क बिमामा आबद्ध गराएको गाउँपालिका कार्यालयले जनाएको छ ।
तीन वर्षदेखि रु सात लाख बजेट छुट्याएर आठ वटा वडाका दुई सय परिवारको निःशुल्क बिमा गर्दै आएको पालिकाले यसवर्ष बजेट थप गरी रु ३७ लाख पुर्याएको छ । पालिकाका सबै दलित समुदायको स्वास्थ्य बिमा गर्न रु २० लाख, जनजाती, अपाङ्गता र एकल महिलाका लागि रु १० लाख बजेट विनियोजन भएको सूचना अधिकारी मनोज कार्कीले जानकारी दिए ।
उनका अनुसार पाँच सय ६० दलित परिवार, दुई सय विपन्न परिवार, एक सय ४२ एकल महिला र ‘ग’ वर्गका अपाङ्गतासहित एक सय ५० विपन्न जनजातीका परिवार बिमाबाट लाभान्वित भएका छन् ।
यस वर्षदेखि ‘अध्यक्षसँग दलित नागरिक स्वास्थ्य बिमा कार्यक्रम’ सञ्चालन गरी निःशुल्क बिमा गरिएको कार्कीको भनाइ छ । “तीन वर्षदेखि दुई सय विपन्न परिवारको स्वास्थ्य बिमा गर्दै आएका थियौँ, स्वास्थ्यको निःशुल्क पहुँचले विपन्न परिवारलाई राहत भएको पायौँ । यसवर्षदेखि बजेट थप गरेर अभियानका रूपमा कार्यक्रमलाई अघि बढाएका छौँ । वडाका सबै विपन्न, दलित, जनजाती, एकल महिला, अपाङ्गता भएकालाई बिमामा समावेश गरेका हौँ”, उनले भने ।
कार्कीले पालिकाले निःशुल्क स्वास्थ्य अवधारणलाई आमनागरिकसम्म पुर्याउने लक्ष्यका साथ लक्षित वर्गको निःशुल्क स्वास्थ्य बिमा गरिएको उल्लेख गरे । उनका अनुसार एकल महिला र अपाङ्गता भएको हकमा पाँच जनासम्मको स्वास्थ्य बिमा हुनेछ ।
सङ्घीय सरकारले वृद्ध, ‘क’ र ‘ख’ वर्गका अपाङ्गको निःशुल्क स्वास्थ्य बिमा गर्दै आएकाले ‘ग’ वर्गका अपाङ्गलाई परिचयपत्रका आधारमा उक्त कार्यक्रममा आबद्ध गरिएको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए । एक हजार परिवारलाई निःशुल्क स्वास्थ्यको पहुँचमा पुर्याउनु उल्लेख्य उपलब्धि रहेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेयर आचार्य १२ दिनको उपचारपछि पोखरा फर्किए
फागुन १५, २०८१ बिहिबार
सबै नेपालीलाई नागरिक बिमामा जोड्नु पर्छ : मन्त्री पौडेल
फागुन १५, २०८१ बिहिबार
मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न मन्त्रालयको आग्रह
फागुन १५, २०८१ बिहिबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
दूध बेचेर मासिक एक लाखसम्म आम्दानी
फागुन १८, २०८१ आइतबार
नजिक विद्यालय नहुँदा सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर
फागुन १८, २०८१ आइतबार
अमेरिकापछि बेलायत पुगेका जेलेन्स्कीले गरे २.२६ अर्ब पाउण्डको सैन्य सहायतामा हस्ताक्षर
फागुन १८, २०८१ आइतबार
कस्तो रहला आज दिनभरको मौसम ?
फागुन १८, २०८१ आइतबार
बैतडीमा गोली प्रहार गरेर युवकको हत्या, गोली प्रहार गर्ने फरार
फागुन १८, २०८१ आइतबार
स्वरोजगार लघुवित्तको एफपीओ आजबाट खुला
फागुन १८, २०८१ आइतबार
दूध बेचेर मासिक एक लाखसम्म आम्दानी
फागुन १८, २०८१ आइतबार
नजिक विद्यालय नहुँदा सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर
फागुन १८, २०८१ आइतबार
अमेरिकापछि बेलायत पुगेका जेलेन्स्कीले गरे २.२६ अर्ब पाउण्डको सैन्य सहायतामा हस्ताक्षर
फागुन १८, २०८१ आइतबार
कस्तो रहला आज दिनभरको मौसम ?
फागुन १८, २०८१ आइतबार
बैतडीमा गोली प्रहार गरेर युवकको हत्या, गोली प्रहार गर्ने फरार
फागुन १८, २०८१ आइतबार
स्वरोजगार लघुवित्तको एफपीओ आजबाट खुला
फागुन १८, २०८१ आइतबार
दूध बेचेर मासिक एक लाखसम्म आम्दानी
फागुन १८, २०८१ आइतबार
नजिक विद्यालय नहुँदा सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर
फागुन १८, २०८१ आइतबार
अमेरिकापछि बेलायत पुगेका जेलेन्स्कीले गरे २.२६ अर्ब पाउण्डको सैन्य सहायतामा हस्ताक्षर
फागुन १८, २०८१ आइतबार
कस्तो रहला आज दिनभरको मौसम ?
फागुन १८, २०८१ आइतबार