सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !

नेपालबहस संवाददाता
माघ १९, २०८१ शनिबार १२:४६:०

१९ माघ, काठमाडौं । प्रहरी महानिरीक्षकले संगठन प्रमुखको भूमिका निभाउन नसक्दा सरुवा बढुवा र कार्यसम्पादनको मापदण्ड अलपत्र परेको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवर गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणी दुवाडीसँग निरिह बन्दा अघिल्लो आईजीपीहरुले बनाएको सरुवा र बढुवाको मापदण्ड अलपत्र परेको हो । यसरी मापदण्ड अलपत्र पर्दा प्रहरी निरीक्षकदेखि डीआईजीसम्म असर परेको छ ।
गत साता नक्सालस्थित प्रहरी मुख्यालयले १७ एसपीको सरुवा गर्ने क्रममा मापदण्डको उल्लंघन भएको हो । नेपाल प्रहरी प्रधान कार्यालय, नीति निर्माण समिति (पीसीसी) ले २०८० असार २८ गते पारित गरेको सरुवा मापदण्ड विपरीत एसपी सरुवा सूची प्रकाशित भएको छ । मापदण्डको चौथो बुँदामा उल्लेख भएको ‘साझा मापदण्ड’ मा ‘सामान्यतया कार्यालय प्रमुखको रूपमा १ वर्ष सेवा अवधि पूरा गरेपछि अन्यत्र सरुवा गरिनेछ’ उल्लेख गरिएको भएपनि यसलाई पूर्णतः उल्लंघन गरिएको छ ।
गत वर्ष फागुन १ को मितिमा सरुवा भएका अपिलराज बोहरा, कुमोध ढुंगेल र भावेष रिमाल एक महिना कार्यकाल बाँकी हुँदै सरुवा भएका छन् । बोहरा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर, सुर्खेतमा र ढुंगेल जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत थिए । कात्तिकमा जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुबाट जिल्ला प्रहरी परिसर, ललितपुर सरुवा भएका नवरत्न पौडेल तीन महिनामै सम्पति शुद्धीकरण अनुसन्धान विभागको प्रहरी प्रमुखमा सरुवा भएका छन् । मिलन केसी, बसुन्धारा खड्का, रुपेश खड्का, रन्जितसिंह राठौर, राजन भूजेल र वसन्त पाठकका लागि यस्ता मापदण्डले काम गरेका छैनन ।
झापाका क्यासिनोमा नेपाली छिराएको आरोप लाग्दा पनि मिलन केसीलाई पुरस्कार स्वरुप त्यही राखिएको छ ।राठौरको हकमा पनि माथिल्लो तहबाटै दबाब परेको थियो । ‘एउटै दर्जामा दोहोर्याएर कार्यालय प्रमुख दिँदा एक कार्यालय प्रमुखबाट अर्को कार्यालय प्रमुख बीचको समय अन्तर दर्जा गत रूपमा आवश्यकताअनुसार निर्धारण गरिनेछ’ भन्ने मापदण्डलाई यही उल्लंघन गरिएको छ ।
एउटा जिल्लाको कार्यालय प्रमुख भएर अर्को जिल्लामा दोस्रो हैसियतमा काम गरेको तीन महिनामै कार्यालय प्रमुखका रूपमा पौडेल सरुवा भएपछि सरुवा मापदण्डमा आइजीपीको टेबुल मुनीबाट माथि आउन नसकेको टिप्पणी गरिएको छ । चितवन दरबन्दी भई मानव बेचबिखन ब्युरोमा केही महिनाअघि मात्रै काज खटिएक भावेष रिमाल कार्यालय प्रमुखकै रुपमा सुर्खेतस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा सरुवा भएका छन् ।
एसएसपीको हकमा त्यही लागु भएको छ । काठमाडौं प्रहरी परिसर र अपराध अनुसन्धान कार्यालयमा पनि विगत दुई वर्षदेखि यही नियति दोहोरिएको छ । अहिले पनि विश्व अधिकारी र रमेश बस्नेतका लागि वसन्त रजौरे र सानुराम भट्टराईको सरुवा नौ महिनामै गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
माघ २६, २०८१ शनिबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
माघ २५, २०८१ शुक्रबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
सुबोधकुमार अधिकारी
माघ २५, २०८१ शुक्रबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २६, २०८१ शनिबार
काठमाडौंको नागढुंगामा घुमुवा प्रहरीको मनपरी, आईजीपीको सचिवालय मौन !
माघ २७, २०८१ आइतबार
एआईजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
माघ २७, २०८१ आइतबार
वर्षमान पुनप्रति एमाले महासचिव शंकर पोखरेलको आक्रोस, फोन संवादलाई अनर्थ लगाइयो
माघ २७, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
माघ २८, २०८१ सोमबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
माघ २८, २०८१ सोमबार
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव
माघ २८, २०८१ सोमबार
मधेश प्रदेशको सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातादेखि
माघ २८, २०८१ सोमबार
आज ३४ औं अख्तियार स्थापना दिवस
माघ २८, २०८१ सोमबार