सरकारको नाममा उत्प्रेषणयुक्त परमादेश, राष्ट्रिय परिचयपत्र लागू गर्दा नागरिकले कष्ट बेहोर्न नपरोस

नेपालबहस संवाददाता
माघ २०, २०८१ आइतबार १४:५५:२२

२० माघ, काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई राष्ट्रिय परिचयपत्र लागू गर्ने विषयमा सचेत गराएको छ । सर्वोच्चको पूर्ण इजालसले राष्ट्रिय परिचयपत्रको अभावमा नागरिकले सार्वजनिक सेवामा झन्झट बेहोर्नु नपर्ने व्यवस्था मिलाउन सरकारको नाममा उत्प्रेषणयुक्त परमादेश जारी गरेको छ । यसले सरकारको कदमलाई केही सहज बनाएको छ भने परिचयपत्र नभएकै कारण सेवा नरोक्न भनेको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको संयुक्त इजलासले राष्ट्रिय परिचयपत्र लागू गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटलाई गत ६ गते खारेज गरेको थियो । रिट खारेजसँगै सार्वजनिक सेवामा परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयनको बाटो खुला भएको थियो । तर सार्वजनिक सेवा पाउन नागरिकले कष्ट बेहोर्न नपर्ने गरी मात्र परिचयपत्र अनिवार्य गर्न पूर्णपाठमार्फत आदेश दिएको हो ।
गत जेठ २४ को मन्त्रिपरिषद्को निर्णयअनुसार गत असार १० मा राजपत्रमा सूचना प्रकाशन गरेर नागरिकले सार्वजनिक सेवा सुविधा प्राप्त गर्न परिचयपत्र अनिवार्य गर्ने जनाइएको थियो । गत साउनदेखि परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले गत भदौमा परिचयपत्र अनिवार्य नगर्न सरकारका नाममा आदेश गरेको थियो । सरकारले त्यतिबेला पेन्सन, सामाजिक सुरक्षा भत्तालगायत सेवामा परिचयपत्र अनिवार्य गर्ने सूचना जारी गरेको थियो ।
रिटले उठाएका केही सवाललाई सम्बोधन गर्ने क्रममा परमादेशको पूर्णपाठमा परिचयपत्र नभएकै कारणले सार्वजनिक सेवा प्रवाहमा बेहोर्नुपरेको झन्झट, असहजता र कठिनाइको अन्त्य गर्न भनिएको छ । सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय तथा कानुन मन्त्रालयका नाममा परमादेश जारी गर्दै परिचयपत्र प्राप्तिबारे नागरिकलाई प्रभावकारी रूपमा सूचना प्रवाह गर्न भनेको छ । अदालतले त्यतिबेलाको रिट नै खारेज गरेर पूर्णपाठ सार्वजनिक गरेको हो ।
तीनबुँदे पूर्णपाठमा मुख्यतया परिचयपत्र लागू गर्दा नागरिकले सास्ती नपाऊन् भन्ने विषय मूल रूपमा समेटिएको छ । सर्वोच्चले व्यक्तिको विद्युतीय विवरण र गोपनीयता सुरक्षित राख्न आदेश गरेको छ । व्यक्तिगत विवरण गोप्य नरहने भन्दै यसको सुरक्षामा बढी चासो दिएर परिपत्र लागू गर्ने निर्णय नै खारेज गर्नुपर्ने माग निवेदकले गरेका थिए । यही सन्दर्भमा सर्वोच्चले आदेशमा व्यक्तिको विद्युतीय विवरण सुरक्षित र गोपनीयताको संरक्षणको प्रत्याभूतिका लागि नीतिगत, कानुनी र संरचनागत व्यवस्था मिलाउन भनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप९२ करोड बिगो मागिएको एमडीएमएस खरिदमा भएको भ्रष्टाचार प्रकरणको आज फैसला हुनसक्ने
माघ २२, २०८१ मंगलबार
सुप्रिम सहकारी ठगीमा बैंक ग्यारेन्टीमार्फत १ करोड धरौटी बुझाएर छुटे रवि
माघ १३, २०८१ आइतबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
सुबोधकुमार अधिकारी
माघ २५, २०८१ शुक्रबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २६, २०८१ शनिबार
काठमाडौंको नागढुंगामा घुमुवा प्रहरीको मनपरी, आईजीपीको सचिवालय मौन !
माघ २७, २०८१ आइतबार
एआईजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
माघ २७, २०८१ आइतबार
वर्षमान पुनप्रति एमाले महासचिव शंकर पोखरेलको आक्रोस, फोन संवादलाई अनर्थ लगाइयो
माघ २७, २०८१ आइतबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
माघ २८, २०८१ सोमबार
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव
माघ २८, २०८१ सोमबार
मधेश प्रदेशको सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातादेखि
माघ २८, २०८१ सोमबार
आज ३४ औं अख्तियार स्थापना दिवस
माघ २८, २०८१ सोमबार
आज अन्तरराष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै
माघ २८, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ २८, २०८१ सोमबार