६ महिनामा वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड

नेपालबहस संवाददाता
माघ २१, २०८१ सोमबार ८:०:६

२१ माघ, काठमाडौं । वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले झण्डै रु ५६ अर्ब ८३ करोड बराबर खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा रु दुई अर्ब बढीले कमी आए पनि शिक्षाको नाममा विदेशिने रकम बढ्दो क्रममा रहेको छ ।
अघिल्लो वर्ष वैदेशिक अध्ययनका लागि रु ५८ अर्ब ९५ करोड बराबरको रकम विदेशिएको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय नौ दशमलव सात प्रतिशतले वृद्धि भई रु एक खर्ब एक अर्ब ९२ करोड पुगेको छ । गत वर्ष छ महिनाको अवधिमा भ्रमण व्यय रु ९२ अर्ब ८७ करोड बराबर थियो ।
समीक्षा अवधिमा खुद सेवा आय रु ४३ अर्ब ५३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु ३५ अर्ब ४३ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय पाँच दशमलव एक प्रतिशतले वृद्धि भई रु ४१ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु ३९ अर्ब ८२ करोड रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामुदायिक विद्यालयमा मगर भाषाको पढाई
माघ २५, २०८१ शुक्रबार
भारतीय दूतावासको सहयोगमा विद्यालय भवन बनाइने
माघ २४, २०८१ बिहिबार
निजी विद्यालयलाई सरकारीकरण गर्नु आवश्यक छैन : मुख्यमन्त्री कार्की
माघ २३, २०८१ बुधबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
सुबोधकुमार अधिकारी
माघ २५, २०८१ शुक्रबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २६, २०८१ शनिबार
काठमाडौंको नागढुंगामा घुमुवा प्रहरीको मनपरी, आईजीपीको सचिवालय मौन !
माघ २७, २०८१ आइतबार
एआईजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
माघ २७, २०८१ आइतबार
वर्षमान पुनप्रति एमाले महासचिव शंकर पोखरेलको आक्रोस, फोन संवादलाई अनर्थ लगाइयो
माघ २७, २०८१ आइतबार
आज अन्तरराष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै
माघ २८, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ २८, २०८१ सोमबार
कस्तो रहला आज दिनभरको मौसम ?
माघ २८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?
माघ २८, २०८१ सोमबार
प्रणय दिवसमा बुद्ध एयर र यती एयरलाइन्सको टिकटमा छुट
माघ २७, २०८१ आइतबार
बुढानिलकण्ठको एक घरमा प्रहरीको छापा, केही व्यक्ति पक्राउ
माघ २७, २०८१ आइतबार