चलचित्र ‘मनको बाँध’ घोषणा, प्राविधिक संघका महासचिव युवराज कार्कीले निर्देशन गर्ने

नेपालबहस संवाददाता
माघ २१, २०८१ सोमबार १५:४:४६

२१ माघ, काठमाडौं । चर्चित प्रोडक्सन डिजाइनर तथा कार्यकारी निर्माता युवराज कार्कीले आफ्नो डेब्यू निर्देशन चलचित्र ‘मनको बाँध’ घोषणा गरेका छन् । सोमबार उनले चलचित्रको शीर्षक पोस्टर सार्वजनिक गर्दै यसको औपचारिक घोषणा गरेका हुन् ।
‘मनको बाँध’लाई श्रीत फिल्म्स एन्ड इन्टरटेनमेन्ट र नटराज क्रियसनले संयुक्त रूपमा निर्माण गर्दै छन् । अहिलेसम्म कलाकार तथा प्राविधिकहरूको नाम खुलाइएको छैन ।
नेपाल चलचित्र प्राविधिक सङ्घका महासचिव समेत रहेका युवराज कार्की नेपाली चलचित्र क्षेत्रमा एक अनुभवी प्रोडक्सन डिजाइनरका रूपमा परिचित छन् । उनले ‘जात्रा’, ‘शत्रु गते’, ‘दाल भात तरकारी’ र ‘द सिक्रेट अफ राधा’ जस्ता चलचित्रहरूमा प्रोडक्सन डिजाइनको जिम्मेवारी सम्हालेका थिए । त्यसै गरी, उनी दुई वर्ष अगाडि रिलिज भएको चलचित्र ‘के घर के डेरा’मा कार्यकारी निर्माताको भूमिकामा थिए, जसको सिक्वेल हाल पोस्ट-प्रोडक्सनमा रहेको छ ।
‘मनको बाँध’ ग्रामीण जीवनका सङ्घर्ष, आर्थिक असमानता, वैवाहिक असमानता, सामाजिक अन्याय र हिंसाका विषयमा आधारित छ । यसले महिलाको साहस र धैर्यताको कथालाई प्रभावशाली रूपमा चित्रण गर्ने निर्देशक कार्कीले बताए ।
‘मनको बाँध’ नामले नेपाली चलचित्र इतिहासमा पनि ठुलो महत्त्व राख्छ । २०२८ सालमा तत्कालीन शाही नेपाल चलचित्र संस्थानले यसै नामको चलचित्र निर्माण गरी २०३० सालमा रिलिज गरेको थियो । प्रकाश थापाको निर्देशनमा बनेको उक्त चलचित्रमा सल्यान के.सी. र सुष्मा शाही मुख्य भूमिकामा थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफेब्रुअरी २१ देखि अस्ट्रेलियामा 'एक्टर: टेक वन' रिलिज हुने
माघ २७, २०८१ आइतबार
बोर्डद्वारा ‘इनडोर सुटिङ स्टुडियो’का लागि बोलपत्र आह्वान
माघ २७, २०८१ आइतबार
हिरो हिरोइन विस्थापित भएर कथा हिरो भएको समय हो : रेखा थापा
माघ २५, २०८१ शुक्रबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
सुबोधकुमार अधिकारी
माघ २५, २०८१ शुक्रबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २६, २०८१ शनिबार
काठमाडौंको नागढुंगामा घुमुवा प्रहरीको मनपरी, आईजीपीको सचिवालय मौन !
माघ २७, २०८१ आइतबार
एआईजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
माघ २७, २०८१ आइतबार
वर्षमान पुनप्रति एमाले महासचिव शंकर पोखरेलको आक्रोस, फोन संवादलाई अनर्थ लगाइयो
माघ २७, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
माघ २८, २०८१ सोमबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
माघ २८, २०८१ सोमबार
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव
माघ २८, २०८१ सोमबार
मधेश प्रदेशको सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातादेखि
माघ २८, २०८१ सोमबार
आज ३४ औं अख्तियार स्थापना दिवस
माघ २८, २०८१ सोमबार