थाइल्याण्डले नेदरल्यान्डलाई १७ रनले हरायो

नेपालबहस संवाददाता
माघ २१, २०८१ सोमबार १६:११:१०

२१ माघ, काठमाडौं । राजधानीमा जारी महिला टी–२० शृङ्खलामा थाइल्याण्डले नेदरल्यान्डलाई १७ रनले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा ल थाइल्याण्डले दिएको ८७ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १५ दशमलव ५ ओभरमा ६९ रनमा ‘अल आउट’ भयो । नेदरल्यान्डका लागि कप्तान बाबेटी डी लिडेले सर्वाधिक २५ रन जोडिन् । आइरिस विलिङले १३ रन जोडिन् । यस्तै, क्यारोलिन डी ल्यासले १० रन बनाइन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाइल्याण्डले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ८६ रनको योगफल बनाएको थियो । थाइल्याण्डका लागि चानिदा सुत्थीरुआंगले सर्वाधिक २७ रन जोडिन् । फन्नीता मायाले १२ रन जोडिन् ।
नेदरल्यान्ड्सका लागि आइरिस विलिङ, इभा लिच, सिल्भर सिर्गेसले समान दुई–दुई विकेट लिए भने इसा बेल भान डरले एक विकेट लिइन् । नेदरल्यान्ड्सले थाइल्यान्डसँग लगातार दोस्रो हार बेहोरेको हो । यसअघि नेदरल्यान्ड्समाथि पहिलो भेटमा थाइल्यान्डले आठ विकेटको सानदार जित हासिल गरेको थियो ।
सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान तीनपटक खेल्नेछन् । अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले भोलि थाइल्यान्डसँग खेल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहिला टी–ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई
माघ २५, २०८१ शुक्रबार
नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै
माघ २५, २०८१ शुक्रबार
थाइल्याण्डले नेदरल्याण्ड्सलाई जितका लागि ११० रनको लक्ष्य दियो
माघ २४, २०८१ बिहिबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
सुबोधकुमार अधिकारी
माघ २५, २०८१ शुक्रबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २६, २०८१ शनिबार
काठमाडौंको नागढुंगामा घुमुवा प्रहरीको मनपरी, आईजीपीको सचिवालय मौन !
माघ २७, २०८१ आइतबार
एआईजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
माघ २७, २०८१ आइतबार
वर्षमान पुनप्रति एमाले महासचिव शंकर पोखरेलको आक्रोस, फोन संवादलाई अनर्थ लगाइयो
माघ २७, २०८१ आइतबार
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव
माघ २८, २०८१ सोमबार
मधेश प्रदेशको सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातादेखि
माघ २८, २०८१ सोमबार
आज ३४ औं अख्तियार स्थापना दिवस
माघ २८, २०८१ सोमबार
आज अन्तरराष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै
माघ २८, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ २८, २०८१ सोमबार
कस्तो रहला आज दिनभरको मौसम ?
माघ २८, २०८१ सोमबार