९२ करोड बिगो मागिएको एमडीएमएस खरिदमा भएको भ्रष्टाचार प्रकरणको आज फैसला हुनसक्ने

नेपालबहस संवाददाता
माघ २२, २०८१ मंगलबार ११:२२:३१

२२ माघ, काठमाडौं । विशेष अदालतले मंगलबार मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा खरिदमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा फैसला सुनाउने तयारी गरेको छ । आज सुनुवाइ सकेर फैसला सुनाउने सम्भवना रहेको अदालत स्रोतले जानकारी दिएको छ ।
आज नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झाविरुद्धको भ्रष्टाचार मुद्दामा अन्तिम सुनुवाइ हुँदै छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयो अनुसन्धान आयोगले उनीसहित १९ जनाविरुद्ध २०८० साल चैत १५ गते मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा हिजो सोमबारदेखि विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रितेन्द्र थापा र विदुरु कोइरालाको इजलासमा सुनुवाइ सुरु भएको छ ।
मुद्दामा झासहितले एमडीएमस परामर्श सेवा खरिदमा सार्वजनिक खरिद ऐन र कार्यविधिले तोकेका प्रक्रिया पूरा नगरेको न्युमेरा जेभीसँग भएका सम्झौताका कागजात लुकाएको आरोपमा ९१ करोड ९८ लाख ३० हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो । आयोगले एमडीएमस खरिदमा खर्च भइसकेको २३ करोड २० लाख ६९ हजार अभियुक्तहरूबाट असुलउपरको पनि मागदाबी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
सुबोधकुमार अधिकारी
माघ २५, २०८१ शुक्रबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २६, २०८१ शनिबार
काठमाडौंको नागढुंगामा घुमुवा प्रहरीको मनपरी, आईजीपीको सचिवालय मौन !
माघ २७, २०८१ आइतबार
एआईजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
माघ २७, २०८१ आइतबार
वर्षमान पुनप्रति एमाले महासचिव शंकर पोखरेलको आक्रोस, फोन संवादलाई अनर्थ लगाइयो
माघ २७, २०८१ आइतबार
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव
माघ २८, २०८१ सोमबार
मधेश प्रदेशको सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातादेखि
माघ २८, २०८१ सोमबार
आज ३४ औं अख्तियार स्थापना दिवस
माघ २८, २०८१ सोमबार
आज अन्तरराष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै
माघ २८, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ २८, २०८१ सोमबार
कस्तो रहला आज दिनभरको मौसम ?
माघ २८, २०८१ सोमबार