बरूण धवनकी भान्जी सलमानसँग सिकिन्दरमा देखिँदै

नेपालबहस संवाददाता
माघ २२, २०८१ मंगलबार ११:४३:७

२२ माघ, मुम्बइ । सलमान खानको आगामी फिल्म ‘सिकन्दर’ मा वरुण धवनकी भान्जी अञ्जिनी धवन पनि देखिने चर्चा लामो समयदेखि भइरहेको थियो ।
त्यसको औपचारिक घोषणा भने कतैबाट पनि भएको थिएन तर अहिले अन्जिनी आफैले यो फिल्मको हिस्सा भएको कुरा पुष्टि गरेकी छिन् । उनले सलमानसँग सिकिन्दर फिल्ममा काम गरेको कुरा गरेकी छिन् ।
हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै अन्जिनीले भनिन्, ‘फिल्मको टिजर रिलिज भएको छ, त्यसैले अब म यसबारे कुरा गर्न सक्छु ।’ उनले भनेकी छिन कि उनको व्यावसायिक जीवनमा सबै ठीकठाक चलिरहेको र सिकिन्दर फिल्मको सेटमा आफूलाई रमाइलो लागेको पनि बताएकी छिन् ।
उनले सुटिङ सेटलाई खुसीको ठाउँ भनेकी छिन् अर्थात् सो ठाउँमा पाउँदा आफू निकै खुसी महसुस भएको पनि साझा गरेकी छिन् ।
अन्जिनीले थप भनिन्, ‘म धेरै आभारी छु । जब म फिल्मको सेटमा पुग्छु, यो सपना हो कि होइन, म आफैलाई चिम्ट्छु । मेरो लागि हरेक दिन यस्तै हुन्छ।’
सलमानसँग काम गर्ने बारे उनले भनिन्, ‘म उहाँको ठूलो फ्यान हुँ र उहाँलाई नै हेरेर हुर्किएकी हुँ, मलाई उहाँको फिल्म मन पर्छ । खासमा ‘पार्टनर’ देखि ‘मुझसे शादी करोगी’ सम्म उनले र डेभिड सरले सँगै काम गरेका फिल्महरु ।’
अञ्जिनीले पनि आफूलाइ गारहो परेको बेला ‘पार्टनर’ हेर्ने गरेको र त्यसपछि ठिक भएको समेत बताइन् । अन्तमा उनले भने, ‘उहाँ (सलमान) सँग काम गर्नु सपना जिउनु जस्तै हो।’
सेप्टेम्बर २०२४ मा, ‘बिन्नी र परिवार’ नामक फिल्म रिलिज भयो, जसलाई संजय त्रिपाठीले निर्देशन गरेका थिए। यही फिल्मबाट अन्जिनीले बलिउडमा डेब्यु गरेकी हुन् । यस फिल्ममा पंकज कपुर, राजेश कुमारजस्ता स्टार पनि देखिएका थिए ।
‘सिकन्दर’ उनको करियरको दोस्रो फिल्म हो । तर, यो फिल्ममा उनको भूमिका के छ रु यसबारेमा अहिलेसम्म जानकारी आएको छैन । फिल्ममा सलमानको अपोजिटमा रश्मिका मन्डन्ना छिन् । यो फिल्म यस वर्षको इदको अवसरमा हलमा रिलिज हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरकस्टारका निर्देशक इम्तियाज अलिले यस बर्ष तीन फिल्म ल्याउदै
माघ २६, २०८१ शनिबार
युनुस सरकारको आलोचना गर्ने बंगलादेशी अभिनेत्री पक्राउ
माघ २५, २०८१ शुक्रबार
बलिउड अभिनेता सोनु सुदविरूद्द पक्राउ पुर्जी जारी
माघ २५, २०८१ शुक्रबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
सुबोधकुमार अधिकारी
माघ २५, २०८१ शुक्रबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २६, २०८१ शनिबार
काठमाडौंको नागढुंगामा घुमुवा प्रहरीको मनपरी, आईजीपीको सचिवालय मौन !
माघ २७, २०८१ आइतबार
एआईजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
माघ २७, २०८१ आइतबार
वर्षमान पुनप्रति एमाले महासचिव शंकर पोखरेलको आक्रोस, फोन संवादलाई अनर्थ लगाइयो
माघ २७, २०८१ आइतबार
मधेश प्रदेशको सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातादेखि
माघ २८, २०८१ सोमबार
आज ३४ औं अख्तियार स्थापना दिवस
माघ २८, २०८१ सोमबार
आज अन्तरराष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै
माघ २८, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ २८, २०८१ सोमबार
कस्तो रहला आज दिनभरको मौसम ?
माघ २८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?
माघ २८, २०८१ सोमबार