विश्व क्यान्सर दिवसका अवसरमा ‘वाकाथन’

नेपालबहस संवाददाता
माघ २२, २०८१ मंगलबार १४:१४:५
२२ माघ, चितवन । विश्व क्यान्सर दिवसका अवसरमा आज चितवनको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘वाकाथन’ कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक एवं कर्मचारी तथा यससँग सरोकार राख्ने सयौँको सङ्ख्यामा सहभागिता रहेको थियो । बिहान अस्पताल परिसर १ नं गेटबाट कार्यक्रम सुरु गरी बुद्घचोक, कटहर चोक, पीपलचोक र अस्पतालको २ नं गेट हुँदै पुनः अस्पताल परिसरमा आएर सम्पन्न भएको हो ।
अस्पतालका निर्देशक डा शिवजी पौडेलले फेब्रुअरी ४ का दिन अस्पतालले विश्व क्यान्सर दिवसको अवसर पारेर बिहान अस्पतालबाट वाकाथन कार्यक्रम गरी दिवस मनाउन सुरु गरिएको जानकारी दिए । उनले सन् २०२५ को नारा ‘युनाइटेड वाई युनिक’ भिन्नतामा एकता रहेको उल्लेख गर्दै बिरामीको भिन्न चरित्रसँग भिजेर चिकित्सक एवं स्वास्थ्यमर्कीले यसको उपचार गर्नुपर्ने बताए । बिरामीको आर्थिक, सामाजिक, मनोवैज्ञानिक भावना चिकित्सकले बुझेर उपचार गर्दा सेवामा चुस्त–दुरुस्त हुने उनको भनाइ थियो ।
डा पौडेलले अस्पतालले आज विभिन्न कार्यक्रम गरी विश्व क्यान्सर दिवस मनाउने बताए । बिहानको वाकाथनपछि, दिउँसो क्यान्सर विजेता तथा बिरामी एवं आफन्तसँगको अन्तरक्रियालगायत क्यान्सरविरुद्धका विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइने उहाँले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडोटीमा आगलागी, दुई लाख ५० हजार बराबरको क्षति
माघ २७, २०८१ आइतबार
मनाङको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेन
माघ २७, २०८१ आइतबार
एकल चेपाङ महिलालाई बाख्रा वितरण
माघ २४, २०८१ बिहिबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
सुबोधकुमार अधिकारी
माघ २५, २०८१ शुक्रबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २६, २०८१ शनिबार
काठमाडौंको नागढुंगामा घुमुवा प्रहरीको मनपरी, आईजीपीको सचिवालय मौन !
माघ २७, २०८१ आइतबार
एआईजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
माघ २७, २०८१ आइतबार
वर्षमान पुनप्रति एमाले महासचिव शंकर पोखरेलको आक्रोस, फोन संवादलाई अनर्थ लगाइयो
माघ २७, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
माघ २८, २०८१ सोमबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
माघ २८, २०८१ सोमबार
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव
माघ २८, २०८१ सोमबार
मधेश प्रदेशको सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातादेखि
माघ २८, २०८१ सोमबार
आज ३४ औं अख्तियार स्थापना दिवस
माघ २८, २०८१ सोमबार