साहारा चितवन सहकारी ठगी प्रकरण: अदालतमा रविसहित १५ जनाविरुद्ध पूरक अभियोग दर्ता

नेपालबहस संवाददाता
माघ २२, २०८१ मंगलबार १४:३४:२५

२२ माघ, चितवन । चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा मंगलबार १५ जनाविरुद्ध पूरक अभियोग दायर भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । सरकारी वकिल कार्यालयले लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगमा मुद्दा दर्ता गरेको हो ।
सहकारी संस्थाको वचत रकम अपचलन गरेको जाहेरीमा प्रहरीले दिएको पुरक अनुसन्धान प्रतिवेदन अध्ययन गरी रवि सहितलाई ठगी तथा संगठित अपराध कसुरमा पूरक मुद्दा दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता शान्तिराज लुइँटेलले बताए । साहारा सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ । लामिछाने र छविलाल जोशी गोरखा मिडियाका सञ्चालक हुन् ।
यसअघि गत असोज ८ गते पनि १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भइसकेको थियो । सरकारी वकिल कार्यालयले जीबी राईसहित कुमार रम्तेल, सागर केसी, बीरबहादुर रानाभाट, हेमन्त अधिकारी, छत्रमणी भट्टराई, भपेन्द्र राई, अनन्त बाबु राई, आशिष आनन्द, देवेन्द्र बाबु राई, दिनेश रोका, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तीर्थराज लामिछाने, शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।
साहरा चितवन सहकारीबाट नेचर हर्बस इन्टरनेशनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ५९७, जिबी ग्रुप अफ कम्पनीमा ९ करोड २७ लाख ५० हजार ८५४, स्प्रिङ उड रियल स्टेट ६ करोड ८१ लाख ८८ हजार ७०३ र नेचर नेस्ट प्रालिमा ६ करोड ५१ लाख १० हजार ३२२ गरेर ४३ करोड १४ लाख ४९ हजार ९२७ रुपैयाँ गएको भन्दै गत मंसिर ५ गते पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए ।
पूरक मुद्दामा लामिछाने, जोशी सहित रामबहादुर खनाल, रविना रिमाल, विशाल तमाङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअलि सिद्धिकी, भगवती बोमजोन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बाँस्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठलाई प्रतिवादी बनाइएको छ। साथै आर्थिक लेनदेन देखिएका ६ वटा कम्पनीलाई पनि मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको थियो ।
सरकारी वकिलको कार्यालयले कम्पनीमा लगानी गरिएको रकम ४३ करोड १४ लाख ४९ हजार ९२८ रुपैयाँ बिगो दावी गरेको छ । साहारा सहकारीको ५२ करोड ३२ लाख ८५ हजार ३ सय ८ रूपैयाँ रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । पहिले साहारा सहकारीका ४ सय ४६ जना बचतकर्ताले प्रहरीमा दिएका थिए । अनुसन्धानबाट साहारा सहकारीको कुल दायित्व पुँजी ६५ करोड १६ लाख ७१ हजार ७१२ देखिएको प्रहरीको भनाइ छ । सहकारीले कर्जा लगानी गरी फिर्ता लिन बाँकी रकम ५६ करोड २२ लाख ५० हजार ११५ रुपैयाँ देखिएको छ ।
यसअघि रवि लामिछाने विभिन्न जिल्लाका सहकारीको मुद्दाबाट धरौटी रकममा छुटेका थिए । सुरुमा कास्कीको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख, त्यसपछि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ६५ ला र रुपन्देहीको सुप्रिम सहकारीको मुद्दामा एक करोड धरौटी बुझाएर उनी छुटेका हुन् । चितवनपछि उनीविरुद्ध वीगगञ्जको सानो पाइला सहकारीको बचत अपचलनमा पनि अनुसन्धान भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइमेज सहकारीका बचतकर्ताको एक करोड फिर्ता
माघ २७, २०८१ आइतबार
साहारा चितवन सहकारी ठगी प्रकरणः अदालतले रवि लामिछानेसँग माग्यो ५४ लाख धरौटी
माघ २४, २०८१ बिहिबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
सुबोधकुमार अधिकारी
माघ २५, २०८१ शुक्रबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २६, २०८१ शनिबार
काठमाडौंको नागढुंगामा घुमुवा प्रहरीको मनपरी, आईजीपीको सचिवालय मौन !
माघ २७, २०८१ आइतबार
एआईजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
माघ २७, २०८१ आइतबार
वर्षमान पुनप्रति एमाले महासचिव शंकर पोखरेलको आक्रोस, फोन संवादलाई अनर्थ लगाइयो
माघ २७, २०८१ आइतबार
आज अन्तरराष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै
माघ २८, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ २८, २०८१ सोमबार
कस्तो रहला आज दिनभरको मौसम ?
माघ २८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?
माघ २८, २०८१ सोमबार
प्रणय दिवसमा बुद्ध एयर र यती एयरलाइन्सको टिकटमा छुट
माघ २७, २०८१ आइतबार
बुढानिलकण्ठको एक घरमा प्रहरीको छापा, केही व्यक्ति पक्राउ
माघ २७, २०८१ आइतबार