मंगलबार १४ अंकले ओरालो लागेर २७१५ मा खुम्चियो नेप्से परिसूचक, ३ अर्बले घट्यो कारोबार

नेपालबहस संवाददाता
माघ २२, २०८१ मंगलबार १५:२६:५५

२२ माघ, काठमाडौं । आइतबार उच्च अंकले बजेको शेयरबजार सोमबार सामान्य अंकले बढ्यो भने मंगलबार नेप्से १४.०८ अंक घटेको छ । नेप्से २७१५ अंकमा बन्द हुँदा ८ अर्ब ९१ अर्बको कारोबार भयो । अघिल्लो दिन ११ अर्ब ८७ करोडको कारोबार भएकोमा आज ३ अर्ब घटेर ८ अर्ब ९१ करोडमा सीमित भएको छ ।
मंगलबार कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, हिमालय ऊर्जा विकास कम्पनी, हिमालयन रिइन्स्योरेन्स र पिपुल्स हाइड्रोपावरले कमाए । ४ कम्पनीको मूल्य १० प्रतिशत घट्यो । कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट, सिन्धु र सप्तकोशी विकास बैंकको मूल्य १० प्रतिशत घट्यो । तीबाहेक घट्ने कम्पनीको गिरावट दर ५ प्रतिशतभन्दा न्यून रह्यो ।
७१ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो भने ९ को स्थिरमा बसे । विकास बैंक सबैभन्दा धेरै २.६ प्रतिशत घट्यो । बैंकिङ ०.५७, फाइनान्स १.७०, होटल तथा पर्यटन १.७९, लगानी ०.५०, जीवन बीमा ०.२४, उत्पादन १.१३, माइक्रोफाइनान्स ०.६४, निर्जीवन बीमा ०.५७ र व्यापार ०.५२ प्रतिशत घटे ।
हाइड्रोपावर र अन्यबाहेक सबै सेक्टरका सूचक घटेका छन् । हाइड्रोपावर ०.१५ र अन्य समूह ०.४३ प्रतिशत बढे । जोशी हाइड्रोपावरको १० प्रतिशत मूल्य बढ्यो । सामुदायिक लघुवित्तको ८.३०, मध्यभोटेकोशीको ८.२५, न्यादी हाइड्रोपावरको ८.१९, उपकार लघुवित्तको ८.१२, कालिका पावरको ८.०५, हिमालय ऊर्जा विकासको ६.३७, खानीखोला हाइड्रोपावरको ५.५३ प्रतिशत मूल्य बढ्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
सुबोधकुमार अधिकारी
माघ २५, २०८१ शुक्रबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २६, २०८१ शनिबार
काठमाडौंको नागढुंगामा घुमुवा प्रहरीको मनपरी, आईजीपीको सचिवालय मौन !
माघ २७, २०८१ आइतबार
एआईजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
माघ २७, २०८१ आइतबार
वर्षमान पुनप्रति एमाले महासचिव शंकर पोखरेलको आक्रोस, फोन संवादलाई अनर्थ लगाइयो
माघ २७, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
माघ २८, २०८१ सोमबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
माघ २८, २०८१ सोमबार
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव
माघ २८, २०८१ सोमबार
मधेश प्रदेशको सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातादेखि
माघ २८, २०८१ सोमबार
आज ३४ औं अख्तियार स्थापना दिवस
माघ २८, २०८१ सोमबार