अमेरिका र चीन वार्ताकाे आधार चीनले भंग गरेको ट्रम्पको आरोप
इन्द्र रिजाल
बैशाख २६, २०७६ बिहिबार १९:१४:४०
अमेरिका । विश्वका दुइ शक्तिशाली राष्ट्र अमेरिका र चीन बिच व्यापार वार्ता चुस्त रुपमा अघि नबढ्नुमा चीन नै दोषी रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन् ।
अमेरिका र चीनबिच व्यायार युद्धको अवस्था छ र समस्या समाधानका लागि वार्ता गर्ने भनिए पनि त्यसका लागि सहज वातावरण बनिरहेको छैन ।
अमेरिकाले पुनः चिनियाँ उत्पादनमाथिको कर बढाउने बताएपछि सम्बन्धमा थप तनाव आएको हो । चीनले अमेरिकी कदमको उस्तै जवाफ दिने बताएपछि ट्रम्पको भनाई आएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले गएको शुक्रबार चिनियाँ सामानमा लाग्दै आएको कर दोब्बर बनाउने बताएका थिए । सम्बन्धमा तनाव आइरहेका बेला दुई देशबिच बिहीबार अमेरिकामा व्यापार वार्ता हुँदैछ ।
त्यसकै पूर्व सन्ध्यामा अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ नेताले व्यापार वार्ताका आधारहरु भंग गरकोे आरोप लगाएका हुन् । पछिल्लो एक वर्षदेखि अमेरिका र चीनबिच व्यापार युद्धको अवस्था छ । दुवै देशले एकअर्काको देशका सामानमाथिको कर बढाएका छन् ।
व्यापार युद्धको अवस्था अन्त्य गर्ने प्रयास स्वरुप वार्ताको तयारी भइरहेका बेला ट्रम्पले कर दोब्बर पार्ने चेतावनी दिनु र चीनले नै आधारहरु भंग गरेको आरोप लगाउनुले वार्ताको सफलतामाथि शंका उत्पन्न भएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार