लुम्बिनीमा दुई लाख ९० हजार किशोरीलाई एचपिभी’ खोप लगाइने

नेपालबहस संवाददाता
माघ २२, २०८१ मंगलबार १७:११:१५

भरत केसी / रासस
२२ माघ, लुम्बिनी । लुम्बिनी प्रदेशमा पाठेघर मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ को खोप करिब दुई लाख ९० हजार किशोरीलाई लगाइने भएको छ । सरकारको १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई ‘एचपिभी’ को खोप लगाउने देशव्यापी अभियानअन्तर्गत आजदेखि लुम्बिनी प्रदेशमा खोप कार्यक्रम सुरु भएको छ ।
लुम्बिनी प्रदेशका दुई लाख ९० हजार १२४ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसका लागि आवश्यक पर्ने खोप सम्बन्धित सबै खोप केन्द्रहरूमा पठाइएको मन्त्रालयले स्पष्ट गरेको छ ।
प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रुपन्देहीका ६१ हजार २३१ किशोरीलाई ‘एचपिभी’ खोप लगाइने भएको छ । यसैगरी, दाङमा ४२ हजार ६७ र कपिलवस्तुमा ३९ हजार ५२५ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले रुकुम पूर्वमा सबैभन्दा कम तीन हजार ५९१ र अर्घाखाँचीमा नौ हजार ३३४ किशोरीलाई खोप लगाउने लक्ष्य लिएको छ । पाल्पामा १२ हजार ५६६, गुल्मीमा १३ हजार ४६, नवलपरासी पश्चिममा १८ हजार ७९३, रोल्पामा १५ हजार ४७८, प्यूठानमा १६ हजार ३३५, बर्दियामा २४ हजार ६५ र बाँकेमा ३४ हजार ९३ जनाले ‘एचपिभी’ खोप लगाउने भएको छ ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियानको आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङको राप्ती गाउँपालिकास्थित आदर्श नमूना माध्यमिक विद्यालय लालमटियामा शुभारम्भ गरे ।
मुख्यमन्त्री आचार्यसहित प्रदेश स्वास्थ्यमन्त्री खेमबहादुर सारुले उक्त विद्यालयमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्यकर्मीलाई खोप बाकस हस्तान्तरण गरी सो अभियान सुरु गरेका हुन्। अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने किशोरीसहित १० देखि १४ वर्ष उमेर समूहका सबै किशोरीलाई लक्षित गरिने भएको छ ।
कार्यक्रममा मुख्यमन्त्री आचार्यले विद्यालयबाहिर रहेका किशोरीलाई समेत समेटेर अभियान सञ्चालन गर्ने नीति भएअनुसार लक्षित उमेर समूहका सबैलाई समेटेर खोप कार्यक्रम सफल बनाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गरे । “विद्यालयमा रहेका किशोरीले खोप पाउने कुरा सुनिश्चित छ”, मुख्यमन्त्री आचार्यले भने, “विद्यालयबाहिर रहेका किशोरीहरुलाई समेत खोजेर अभियानमा समेट्न जरुरी छ । विद्यालयमा नजोडिएका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरू नछुटून् भन्नेतर्फ हामी सबैको विशेष ध्यान जान आवश्यक छ ।”
प्रदेश स्वास्थ्यमन्त्री सारुले क्यान्सर, मिर्गौला र मुटुको उपचारमा सहयोग गर्न गत वर्ष रु १३ करोड विनियोजन गरेको र क्यान्सर रोग उपचारका लागि मात्र रु नौ करोड खर्च भएको जानकारी दिँदै ‘खोप अभियान’ सफल बनाउन सबैसँग अनुरोध गरे ।
“नसर्ने रोगका कारण बर्सेनि ठूलो धनजनको क्षति भइरहेको छ, राज्यले आफ्नो तर्फबाट सक्दो सहयोग पनि गरिरहेकै छ”, उनले भने, “अब सचेत र सजग भई रोग नलाग्नेगरी हामी सबैले स्वास्थ्य जीवनशैली अपनाउन जरुरी छ ।” लुम्बिनी प्रदेशमा वार्षिक करिब दुई हजार व्यक्ति क्यान्सर रोग उपचारका लागि सहयोग लिन स्वास्थ्य निर्देशनालयको सम्पर्कमा आउने गरेको उनले जानकारी दिए ।
स्वास्थ्य सचिव डा वासुदेव उपाध्यायले दुई चरणमा खोप लगाइने जानकारी दिँदै लक्षित उमेर समूहका किशोरीहरुलाई अनिवार्य खोप लगाउने अभियान सफल बनाउन सम्बद्ध सबैसँग अनुरोध गरे । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले पालिकामा प्रभावकारी ढङ्गले खोप अभियान सञ्चालन गर्न स्वास्थ्यकर्मी टोलीलाई निर्देशन दिए ।
यसैबीच, बुटवल उपमहानगरपालिकाले करिब १० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य शाखाप्रमुख युवराज पाण्डेले जानकारी दिए ।
उपमहानगर अन्तर्गका ७० वटा विद्यालय र १२ वटा स्वास्थ्य संस्थामा गई खोप लगाउन सक्ने व्यवस्था मिलाइएको प्रमुख पाण्डेले जानकारी दिए । उपमहानगरकी खोप ‘फोकल पर्सन’ कल्पना भुसालका अनुसार बुटवलको आम्दा अस्पताल पनि खोप लगाउन सकिनेछ । बुटवल उपमहानगरले तयार पारेको तथ्याङ्कअनुसार खोप लगाउनुपर्ने किशोरीहरुको सङ्ख्या विद्यालयतर्फका नौ हजार ८१४ र विद्यालय बाहिरका १४७ जना रहेको छ ।
बुटवलमा खोप अभियान अन्तर्गत स्वास्थ्य स्वयंसेविका, विद्यालय शिक्षिका तथा नर्स र अन्य स्वास्थ्यकर्मीसमेत गरी करिब ३०० जनालाई प्रशिक्षित गरी परिचालन गरिने उपमहानगरपालिकाले जनाएको छ ।
प्रत्येक खोप केन्द्रमा एक स्वास्थ्यकर्मी, दुईजना स्वास्थ्य स्वयंसेविका, नर्स वा तालिमप्राप्त शिक्षिकाहरुलाई परिचालन गरिने छ । विद्यार्थीको सङ्ख्या बढी भएका विद्यालयको हकमा सङ्ख्या थप गरी खोप अभियानलाई सफल बनाइने ‘फोकल पर्सन’ भुसालले जानकारी दिइन् ।
पाठेघरको मुखको क्यान्सरसम्बन्धी समस्याबाट अत्यधिक नेपाली महिला पीडित हुने गरेको र धनजनको उल्लेख्य क्षति हुने गरेको तथ्याङ्कलाई दृष्टिगत गरी सरकारले देशव्यापी रुपमा खोप अभियान सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले स्पष्ट गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २१, २०८१ सोमबार
द्वन्द्व निरुपणको कार्य सरकारको प्राथमिकतामा : मुख्यमन्त्री आचार्य
माघ १४, २०८१ सोमबार
बाघ खोज्न चार स्थानमा क्यामेरा जडान
माघ १४, २०८१ सोमबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
सुबोधकुमार अधिकारी
माघ २५, २०८१ शुक्रबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २६, २०८१ शनिबार
काठमाडौंको नागढुंगामा घुमुवा प्रहरीको मनपरी, आईजीपीको सचिवालय मौन !
माघ २७, २०८१ आइतबार
एआईजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
माघ २७, २०८१ आइतबार
वर्षमान पुनप्रति एमाले महासचिव शंकर पोखरेलको आक्रोस, फोन संवादलाई अनर्थ लगाइयो
माघ २७, २०८१ आइतबार
मधेश प्रदेशको सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातादेखि
माघ २८, २०८१ सोमबार
आज ३४ औं अख्तियार स्थापना दिवस
माघ २८, २०८१ सोमबार
आज अन्तरराष्ट्रिय दाल दिवस, अरबी चितुवा दिवस पनि आजै
माघ २८, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ २८, २०८१ सोमबार
कस्तो रहला आज दिनभरको मौसम ?
माघ २८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?
माघ २८, २०८१ सोमबार