थुनछेक बहस नसकिएपछि चितवन अदालतले रवि लामिछानेलाई न्यायिक हिरासतमा पठायो

नेपालबहस संवाददाता
माघ २३, २०८१ बुधबार १७:४२:३८

२३ माघ, चितवन । सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा संस्थापक सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले न्यायिक हिरासत पठाएको छ । बुधबार अदालतले लामिछानेलाई हिरासतमा राख्न आदेश दिएको हो । बयान सकिएपछि सुरु भएको थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।
चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई भोलि (बिहीबार) १० बजे अदालतमा उपस्थित हुनेगरी न्यायिक हिरासतमा पठाउने आदेश गरेको हो । साहारा बचत सहकारीको थुनछेक बहस नसकिएकोमा उनलाई हिरासतमा पठाइएको सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । उनको मुद्दा हाल हेर्दाहेर्दैमा छ ।
सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्याौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्ध बहादुर थापासहित तीन जनाले बहस गरेका थिए । जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्ले बहस गरेका थिए । अब बाँकी जाहेरवालाका तर्फका वकिल र रवि लामिछानेका वकिलहरूले बिहीबार बहस गर्नेछन् ।
साहारा चितवन सहकारी ठगी प्रकरणमा रविसहित १५ जना प्रतिवादीको आजबाट बयान सुरु भएको थियो । बयान सकिएसँगै आजैबाट थुनछेक बहस पनि सुरु गरिएको थियो । सहकारी पीडितको तर्फबाट बुधबार रमेश काफ्लेले मात्रै बहस गर्न भ्याए । अन्यको बहस भोलि खदालत खुलेपछि सुरु हुने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाहारा चितवन सहकारी ठगी प्रकरणः अदालतले रवि लामिछानेसँग माग्यो ५४ लाख धरौटी
माघ २४, २०८१ बिहिबार
साहारा चितवन सहकारी ठगी प्रकरणः चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो
माघ २४, २०८१ बिहिबार
लामिछानेसहितको मुद्दामा दोस्रो दिनको थुनछेक बहस सुरु
माघ २४, २०८१ बिहिबार
तरबारले केक काट्दा सात गुन्डा पुगे प्रहरी खोरमा
माघ २४, २०८१ बिहिबार
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा मकुना हात्तीको मृत्यु
माघ २४, २०८१ बिहिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
राष्ट्रसंघीय मानवअधिकार परिषदबाट इजरायल अलग
माघ २४, २०८१ बिहिबार
आहा ! रारा पोखरा गोल्डकप : चर्च व्वाइज क्वाटरफाइनलमा
माघ २४, २०८१ बिहिबार
बुढासुब्बा गोल्डकप: एनआरटी फाइनलमा
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
'मकुना' हात्तीको मृत्यु प्रकरणमा सरकारले बनायो छानबिन समिति
माघ २४, २०८१ बिहिबार