संसदको अर्थ समितिले ९ पृष्ठको फाराम भर्न लगाएपछि
इन्द्र रिजाल
बैशाख २६, २०७६ बिहिबार २०:२७:२९
काठमाडौं । आगामी आर्थिक वर्ष २०७६र७७ को बजेटका लागि भन्दै सरोकारवालाहरुलाई संसदको अर्थ समितिले ९ पृष्ठको फाराम भर्न लगाएको छ । बिहीबार समितिले प्री–बजेट छलफल आयोजना गर्दै ६१ वटा प्रश्न समेटिएको फाराम भर्न लगाएको हो ।
कार्यक्रममा उपस्थित सांसद, नेपाल सरकारका उच्चस्तरका अधिकारी, नेपाल राष्ट्र बैंकका गभर्नर, बीमा समितिका अध्यक्ष, बैंकका सीईओहरु, बीमा कम्पनीका सीईओहरु, नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ लगायत निजी क्षेत्रका प्रतिनिधि, सहकारी क्षेत्रका प्रतिनिधि सबैले फाराम भरेर बुझाएका छन् ।
आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता कस्तो हुनुपर्ने, कुन क्षेत्रमा बढी लगानी गर्नु पर्ने, बजेट कार्यान्वयनमा संघ, प्रदेश तथा स्थानीय तहको भूमिका कस्तो हुनुपर्ने, रोजगारी सिर्जना गर्न सकिने क्षेत्रहरु, वैदेशिक लगानी भित्र्याउन के गर्ने लगायतका प्रश्नहरु यसमा समावेश रहेको थियो । लिखितपछि समितिले मौखित सुझावसमेत लिएको छ ।
समितिलाई आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नका लागि आ–आफ्नो क्षेत्रको सुझाव सरोकारवालाहरुले दिएका थिए । तर, उनीहरु आफूले दिएको सुझाव कार्यान्वयन हुनेमा विश्वस्त देखिँदैनथे ।
अर्थसमितिले सुझावपछि प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउने बताएको छ । समितिले यसअघि सातवटै प्रदेशमा घुमेर बजेटका विषयमा सुझाव लिएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ४, २०८१ शुक्रबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार