‘मेरो सरकार’ शब्दप्रति कांग्रेसले प्रतिपक्षीको धर्म निभायो : गोकुलप्रसाद बाँस्कोटा
इन्द्र रिजाल
बैशाख २६, २०७६ शुक्रबार १:३:४४
काठमाडौं । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रयोग गरेको ’मेरो सरकार’ शब्दप्रति कांग्रेसले प्रतिपक्षीको धर्म निभाउन विरोध गरेको टिप्पणी गरेका छन् ।
मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न सिंहदरबारमा बिहिबार आयोजीत पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बास्कोटाले संसद भनेको राष्ट्रिय मुद्धा वा अन्तराष्ट्रिय मुद्धाहरु वा विकासका विषयमा छलफल वादविवाद गरेर सही निर्णय गर्ने थलो भएको पनि बताएका छन् ।
केही शब्द शब्दावलीको विषयमा बहस चलेको भएपनि नीति तथा कार्यक्रम पनि पास भएको भन्दै उनले संसदीय पररम्पराकै शैलीमा आरोप प्रत्यारोप भएको तर्क गरे । उनले प्रतिपक्षीसँग सम्बन्ध राम्रो भएको र प्रमुख प्रतिपक्षलाई सम्मान गरेर सरकार अगाडि बढेको समेत बताए ।
उनले राजा महेन्द्रले पनि २०१७ सालमा कु गर्दा सम्बोधनको अन्त्यमा जय नेपाल भनेको तथा बीपी कोइरालाले पनि प्रधानमन्त्री हुँदा मेरो सरकार भन्ने गरेको बताए । यस्तै उनले प्रधानमन्त्रीको कम्बोडिया र भियतनाम भ्रमण टोलीमा संख्या धेरै नभएको जिकिर गरे ।
मन्त्रीपरिषद् बैठकले अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीको कार्यावधि थप गरिएको छ । बैंशाख २० र २३ गते बसेको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दे प्रवक्ता बाँस्कोटाले अर्को व्यवस्था नभएसम्मका लागि कार्यावधि थप गरिएको बताए ।
त्यस्तै बैठकले विद्युत नियमन आयोगको अध्यक्षमा दिल्लीबहादुर सिंहलाई नियुक्त गरिएको छ । विश्व बैंकले दिन लागेको १० करोड अमेरिकी डलर ऋण स्वीकार गर्ने निर्णय समेत गरेको प्रवक्ता बाँस्कोटाले बताए ।
त्यस्तै बैठकले नेपाल र भियतनाम सरकारबीच हुने हवाइ सेवा सम्झौतामा नेपाल सरकारका तर्फबाट समकक्षीको क्रममिलाई हस्ताक्षर गर्न स्वीकृत दिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ४, २०८१ शुक्रबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार