ओलीको सरकारले जुन कामपनि जबरजस्ती गरिरहेको छ : सभापति देउवा
इन्द्र रिजाल
बैशाख २६, २०७६ शुक्रबार ४:३७:३
वीरगन्ज । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सङ्कटमा परेको बताएका छन् । वीरगन्जको नगरसभा गृहमा कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत प्रदेश नम्बर २ का महिलाहरूका लागि दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले प्रजातन्त्रको मर्म जोगाउन सबै एक भएर अगाडि बढ्न आग्रह गरे ।
‘ओलीको सरकारले जुन कामपनि जबरजस्ती गरिरहेको छ, उद्घाटन सत्रमा देउवाले भने,’मुलुकको इतिहासमा यस्तो किसिमको जबरजस्ती भएको थिएन । जेपनि जबरजस्ती पास गरिरहेका छन् ।
प्रतिपक्षले विरोध गर्दा पनि नीति तथा कार्यक्रम पास गरे । संसद्मा जथाभावी बोल्ने गरिएको छ । ‘बोल्दा गल्ती हुन सक्छ, त्यसो भएमा सरी भन्न सकिन्छ,तर त्यो पनि छैन,’ देउवाले भने,’यो तानाशाही प्रवृत्ति हो । सभामुख सुनेर बस्छन्, कस्तो डरपोक सभामुख हो ।’
महिलाका लागि पार्टीले बढी महत्त्व दिएको उनले सुनाए । ‘पार्टीमा महिलालाई ३३ प्रतिशत दिने नेपाली काँग्रेस मात्र हो, सहमहामन्त्री महिलाका लागि छुट्ट्याएका छौँ,’ उनले भने, ‘महिलालाई काँग्रेस जति महत्त्व अरू पार्टीले दिएका छैनन्, सच्चा मानेमा पार्टी समावेशी छ ।’
उनले जनसमर्थन बढाएर पार्टीका महिलालाई बढी भन्दा बढी मान्छे पार्टीमा ल्याउन आहृान समेत गरे । ‘पार्टीमा अधिकार मात्र लिएर भएन,’ देउवाले भने, ‘महिलाले महिलालाई, दलितले दलितलाई, जनजातिले जनजातिको समर्थन लिनु पर्यो, ग्रासरुटमा काम गर्नुपर्यो ।’
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी रु पाँच छुट
असोज ४, २०८१ शुक्रबार
अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौंमा
असोज ४, २०८१ शुक्रबार
संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा
असोज ४, २०८१ शुक्रबार
भन्सालीको नयाँ फिल्म 'लभ एन्ड वार' अक्टोबरमा फ्लोरमा जाने
असोज ४, २०८१ शुक्रबार
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव
असोज ४, २०८१ शुक्रबार
मधेस प्रदेशमा कुपोषण समस्या बढ्दै, निःशुल्क उपचार गर्दै प्रदेश सरकार
असोज ४, २०८१ शुक्रबार