तमिल नाडुका १३ ठाउँमा मतदानको मिति तय
इन्द्र रिजाल
बैशाख २७, २०७६ शुक्रबार १२:२०:३०
नयाँ दिल्ली । भारतको तमिल नाडुका १३ ठाउँमा यही मे १९ तारिखका दिन पुनः मतदान गराउन निर्वाचन आयोगले मिति तोकेको छ ।
भारतमा भइरहेको लोकसभा निर्वाचनअन्तर्गतको सातौँ चरणको निर्वाचन हुने दिन नै ती ठाउँहरुमा पनि मतदान गराउन आयोगले मिति तोेकेको हो ।
तमिल नाडुमा ३८ निर्वाचन क्षेत्र रहेको छ । ती निर्वाचन क्षेत्रहरुमा दोस्रो चरणअन्तर्गत गत अप्रिल १८ तारिखका दिन मतदान भएको थियो ।
तीमध्ये धर्मपुरीका आठ मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । त्यसैगरी थेनीका दुई ठाउँ र कुड्डालोर, तिरुभाल्लु र इरोडका एक एक ठाउँमा पनि फेरी मतदान हुन लागेको हो ।
तमिल नाडुका प्रदेश प्रमुख निर्वाचन अधिकृत सत्यब्रत साहुले तमिल नाडु प्रदेशअन्तर्गतका १३ मतदान केन्द्रमा पुनः मतदान हुन लागेको बिहीबार जानकारी दिए ।
ती ठाउँहरुमा लोकसभा निर्वाचनका लागि गत अप्रिल १८ मा मतदान भएकोमा गडबढी भएकाले यही मे १९ मा फेरी मतदान गर्नुपरेको उनले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपचिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !
असोज ११, २०८१ शुक्रबार
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
असोज ११, २०८१ शुक्रबार
अस्ट्रेलियामा मङ्कीपक्सका घटनामा तीव्र वृद्धि, अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यका
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार