स्पेनिस क्लबलाई सात तीन गोल अन्तरले हराउँदै आर्सनल फाइनलमा !
इन्द्र रिजाल
बैशाख २७, २०७६ शुक्रबार १३:३०:५
एजेन्सी । आर्सनल यूईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । स्पेनिस क्लब भ्यालेन्सियालाई समग्रमा सात तीन गोल अन्तरले हराउँदै आर्सनलले फाइनलमा स्थान बनायो ।
पहिलो लेगमा तीन एकको जित निकालेको आर्सनलले दोस्रो लेगमा बिहीबार राति चार दुईको जित निकाल्दै सहज रुपमा फाइनलको यात्रा तय गर्यो । दोस्रो लेगमा भ्यालेन्सिया विरुद्ध जित निकाल्न पिएरी अवामेयाङले ह्याट्रिक गरे ।
खेलको ११ औं मिनेटमा गामिरोकोे गोलमा भ्यालेन्सियाले अग्रता बनायो । तर १७ औं मिनेटमा आर्सनलका लागि पिएरीले गोल गर्दै खेल बराबरीमा पुर्याए ।
त्यसपछि ५० औं मिनेटमा लाकाजेटीले आर्सनलका लागि गोल गर्दै खेल दुई एकको अवस्थामा पुर्याए । ५८ औं मिनेटमा फेरि गामिरोले भ्यालेन्सियालाई बराबरीमा पुर्याए ।
६९ औं र ८८ औं मिनेटमा पिएरीले गोल गर्दै उनले ब्यक्तिगत ह्याट्रिक पूरा गरे भने टिमलाई चार दुईको जित दिलाए । जसका कारण आर्सनलले फाइनलमा स्थान बनायो । अब उसलाई अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउन र युरोपा लिगको उपाधि उचाल्न चेल्सीको चुनौती पन्छाउनु पर्नेछ ।
आर्सनल सातौं पटक युरोपा लिगको फाइनलमा पुगेको हो । यसका साथै आर्सनलले स्पेनिस टिम विरुद्ध पछिल्ला ८ खेलमा पहिलो पटक जित निकालेको हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपअस्ट्रेलियाले एएफसी महिला एसियाली कपको आयोजना गर्ने
जेठ ३, २०८१ बिहिबार
भारतीय फुटबलर सुनिल क्षेत्रीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास
जेठ ३, २०८१ बिहिबार
अल हिलालले जित्यो साउदी लिगको उपाधि
बैशाख ३०, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्रीले सदनको अवरोधको विषयमा कांग्रेससँग छलफल गर्दै
जेठ ४, २०८१ शुक्रबार