गर्भजाँच गर्न आउने महिलालाई आयोडिन नुन
इन्द्र रिजाल
बैशाख २७, २०७६ शुक्रबार १५:१०:७
लम्की । टीकापुर नगरपालिका–६ स्थित नारायणपुर स्वास्थ्यचौकीले गर्भजाँच गर्न आउने महिलालाई आयोडिन नुन वितरण गर्ने गरेको छ । स्वास्थ्यचौकीले नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई सात प्याकेट आयोडिनयुक्त नुन उपलब्ध गराउँदै आएको छ ।
स्वास्थ्य संस्थामा नियमित गर्भजाँचमा आकर्षित गर्न विगत एक वर्षदेखि गर्भवती महिलालाई यसरी आयोडिनयुक्त नुन वितरण गर्ने योजना बनाएको स्वास्थ्यचौकी प्रमुख हिमाल सारुमगरले बताए ।
“चारपटक नियमित गर्भजाँच गर्न आउँदा प्रत्येक पटक एक प्याकेट नुन र तीन प्याकेट सुत्केरी भएपछि दिने गरेका छौँ”, स्वास्थ्यचौकी प्रमुख मगरले भने, “नुन वितरण गर्न थालेपछि गर्भजाँच गर्नेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा बढेको छ ।”
गत आर्थिक वर्षमा स्वास्थ्यचौकीमा ८४ ले सुत्केरी सेवा लिएका थिए । यस वर्ष नियमित गर्भजाँच गराउँदै सुत्केरी सेवा लिनेको सङ्ख्या चैतको अन्त्यसम्म ९७ पुगेको छ ।
एघार सय घरधुरी रहेको वडा नं ६ मा ७० प्रतिशत जनजातिको बस्ती छ । स्वास्थ्यचौकीले बालबालिकाको शीघ्र कुपोषण व्यवस्थापनका लागि पौष्टिक आहारसमेत उपलब्ध गराउँदै आएको छ ।
“१७ बालबालिका शीघ्र कुपोषणको जोखिममा रहेको फेला पारेका छौँ, पाँच नियमित पौष्टिक आहार खाएपछि निको भएका छन् । अहिले १२ बालबालिकालाई खुवाइरहेका छौँ”, स्वास्थ्यचौकी प्रमुख मगरले भन्नुभयो, “यो विपन्न तथा जनजाति बस्ती भएका कारण बालबालिकामा कुपोषण देखिने गरेको छ ।”
बालबालिकालाई कुपोषण भए÷नभएको पहिचान स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाले गर्ने गरेका छन् । टीकापुर–६ का वडाध्यक्ष बलीराम चौधरीले गर्भवतीको सेवाका लागि अन्य खर्च कटाएर भए पनि बजेट विनियोजन गरिएको बताए । “यो कार्यक्रमबाट विपन्न महिलाले लाभ उठाएका छन्”, वडाध्यक्ष चौधरीले भने, “ग्रामीण जनताका लागि स्वास्थ्य पहिलो प्राथमिकता भएकाले नीति बनाएर स्वास्थ्यका कार्यक्रम गर्दैछौँ ।”
नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले वडाले बनाएको नीति सराहनीय रहेको बताउँदै स्वास्थ्य क्षेत्रमा यस्ता फरक खालका कार्यक्रमले नागरिकलाई लाभ हुने बताए । “यो कार्यक्रम अन्य स्वास्थ्य संस्थाका लागि पनि सिकाइ हुन्छ”, रावलले भने ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपगण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालियो
जेठ ८, २०८१ मंगलबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री
जेठ ८, २०८१ मंगलबार
सेनाको पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई 'अग्नि सुरक्षा सम्बन्धी' तालिम
जेठ ८, २०८१ मंगलबार
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
जेठ ८, २०८१ मंगलबार
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार