उत्तर कोरियाको मालबाहक जहाज अमेरिकाको नियन्त्रणमा
इन्द्र रिजाल
बैशाख २७, २०७६ शुक्रबार १५:१९:३३
एजेन्सी । अमेरिकाले उत्तर कोरियाको एक मालबाहक समुद्री कार्गो जहाज नियन्त्रणमा लिएको छ । अन्तर्राष्ट्रिय नियम उल्लंघनको आरोपमा अमेरिकाले कोइला बोक्न प्रयोग गरिँदै आएको वाइज अनेष्ट नाम दिइएको उत्तर कोरियाली समुद्री जहाज नियन्त्रणमा लिएको हो ।
अमेरिकी न्याय विभागले उत्तर कोरियाको समुद्री जहाजले अन्तर्राष्ट्रिय प्रतिबन्धको उल्लंघन गरेकाले नियन्त्रणमा लिनुपरेको बताएको छ ।
संयुक्त राष्ट्रसंघले कोइला निर्यात गर्न उत्तर कोरियालाई प्रतिबन्ध लगाएको छ । प्रतिबन्धका बाबजुद उत्तर कोरियाले कोइला निर्यातको प्रयास गरेकाले नियन्त्रणमा लिनुपरेको अमेरिकाकी भनाइ छ ।
उत्तर कोरियाको कोइलाको बजार चीन लगायतका देश हुन् । जहाँ कोइला बिक्री गरेर उत्तर कोरियाले परमाणु कार्यक्रममा लगानी गर्ने गरेको दाबी अमेरिका तथा संयुक्त राष्ट्र संघको छ । यसअघि सन् २०१८ मा पनि उत्तर कोरियाको यो जहाज इन्डोनेसियामा नियन्त्रणमा लिइएको थियो ।
बीबीसीका अनुसार, यो जहाज कोइला तथा ठूला मेसिनरी उपकरण बोक्नमा प्रयोग हुँदै आएको थियो । उत्तर कोरियाले भने अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।
परमाणु निःशस्त्रीकरणलाई लिएर अमेरिका–उत्तर कोरियाबीच भएका शिखरवार्ताले आशा जगाएको थियो । तर, यहीबीच अमेरिकाले उत्तर कोरियाको समुद्री जहाज नियन्त्रण लिएपछि सम्बन्ध थप चिसिने अनुमान गरिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपाकिस्तानमा विषाक्त धुवाँ फैलिँदा एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित
कात्तिक २९, २०८१ बिहिबार
ब्राजिलको सर्वोच्च अदालत बाहिर विस्फोट हुँदा एक जनाको मृत्यु
कात्तिक २९, २०८१ बिहिबार
ट्रम्पको जितको असर कोप-२९ मा, जलवायु वित्त प्रभावित हुने डर !
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
३७ हिमाल आरोहण गर्न ७० देशबाट ८ सय ७० आरोही
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
गढीमाई मेलाको तयारी चुस्त बनाइँदै
कात्तिक २९, २०८१ बिहिबार
कानुनको परिधिमा रही कार्यसम्पादन गर्न प्रधानसेनापतिको निर्देशन
कात्तिक २९, २०८१ बिहिबार
कांग्रेसको विभागमा १० सदस्य मनोनयन
कात्तिक २९, २०८१ बिहिबार