नाइजेरियामा खुला दिसामुक्त अभियान, खुला ठाउँमा दिसा गर्न प्रतिबन्ध !
इन्द्र रिजाल
बैशाख २७, २०७६ शुक्रबार २१:१४:५६
एजेन्सी । नाइजेरिया सरकारले सन् २०२५ सम्ममा सरसफाईमा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले खुला दिसामुक्त अभियान सञ्चालन गर्ने कार्यक्रमलाई स्वीकृत गरेको छ ।
जलस्रोत मन्त्री सुलेमान अदामुले उक्त अभियान सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरिएको पनि जानकारी दिए । उनले राष्ट्रिय अभियान सफल बनाउन अन्तर्रा्ष्ट्रिय दाताबाट पनि सहयोगका लागि आग्रह गरिएको बताए ।
नाइजेरियाका ७७४ वटा स्थानीय निकायमध्ये १० वटामा मात्र खुला ठाउँमा दिसा गर्न प्रतिबन्ध लगाइएको छ । पश्चिम अफ्रिकी मुलुक नाइजेरियाका करिब २१ हजार समुदाय मात्र खुला दिसाबाट मुक्त रहेको पनि मन्त्री अदामुले जानकारी दिए ।
नाइजेरियाली सरसफाईको अवस्था अत्यन्त नाजूक रहेकाले खुला दिसामुक्त राष्ट्रिय अभियानले आवश्यक रहेको बताइएको छ । मन्त्री अदामुले नाइजेरियाका झण्डै चार करोड ७० लाख मानिसले अझै पनि खुला ठाउँमा दिसा गर्ने गरेको बताए ।
खुला ठाउँमा दिसा गर्ने मुलुकहरुको विश्वश्रेणीमा भारत पहिलो र नाइजेरिया दोस्रो स्थानमा रहेका छन् । भारतले पछिल्ला चार वर्षमा व्यापक सरसफाई अभियान सञ्चालन गरी स्वच्छता बढाएको छ । भारतले सरसफाईका क्षेत्रमा गरेको सुधारका कारण अब नाइजेरिया पहिलो स्थानमा आउने सम्भावना बढेको पनि मन्त्री अदामुले जानकारी दिए ।
नाइजेरियामा खानेपानीको सुविधा पनि निकै लाजलाग्दो अवस्थामा छ । पाइपबाट खानेपानीको सुविधा प्राप्त गर्नेहरुको संख्या सन् १९९० मा ३२ प्रतिशत रहेकामा त्यो घटेर सन् २०१५ मा त्यो ७ प्रतिशत पुगेको छ । उन्नत सरसफाईमा पनि सन् १९९० मा ३८ प्रतिशत रहेकामा सन् २०१५ मा २९ प्रतिशत भएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपचिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !
असोज ११, २०८१ शुक्रबार
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
असोज ११, २०८१ शुक्रबार
अस्ट्रेलियामा मङ्कीपक्सका घटनामा तीव्र वृद्धि, अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यका
असोज ११, २०८१ शुक्रबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार