जागरणका लागि स्याङ्जा कांग्रेसले स्थानीय तहमा प्रतिनिधि खटायो
इन्द्र रिजाल
बैशाख २७, २०७६ शनिबार ३:३०:३४
स्याङ्जा । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गत वुधवारवाट देशभर एकैसाथ एक महिने राष्ट्रिय जागरण अभियानको औपचारिक उद्घाटन गरेको छ ।
नेपाली कांग्रेस स्याङ्जाले पनि औपचारिक उद्घाटन सकेर स्थानीय तहमा अभियानलाई प्रभावकारी ढंगवाट सन्चालन गर्न आज जिल्ला कार्य समितीको वैठकवाट जिल्लाका ११ ओटै तहमा एक जना संयोजक सहित तिन जना प्रतिनिधि खटाएको छ ।
आँधीखोला गाउपालिकामा प्रेमराज पौडेलको संयोजकत्वमा प्रेमराज पौडेल र लेखमाया पौडेल, फेदिखोला गाउपालिकामा गोविन्द रानाभाटको संयोजकत्वमा देवेन्द्र गुरुङ र रेखा थापा, अर्जुनचौपारी गाउपालिकामा देवी अर्यालको संयोजकत्वमा श्याम अर्याल र भगवती अर्याल, हरिनास गाउपालिकामा तुलसीराम रेग्मीको संयोजकत्वमा पृथ्वीप्रसाद पोखरेल र बिरुवा गाँउपालिकामा मेघबहादुर खड्काको संयोजकत्वमा चन्द्रकान्त पोखरेल र लक्ष्मी केसी र कालीगण्डकी गाउपालिकालाई माया रानाको संयोजकत्वमा बिष्णु पौडेल र तुलसा पाण्डेलाई तोकिएको छ ।
यसैगरी, पुतलीबजार नगरपालिकामा संविधान सभा सदस्य राजु थापाको संयोजकत्वमा तुलसी गिरी र हिरादेवी शर्मा, भीरकोट नगरपालिकामा गोबिन्दकुमार कर्माचार्यको संयोजकत्वमा नसिवद्धिन मिया र अर्जुन खनाल, वालिङ् नगरपालिकामा पूर्व सभापती खगेन्द्रराज रेग्मीको संयोजकत्वमा यामबहादुर गुरुङ र बसन्त विक, चापाकोट नगरपालिकामा श्याम बस्यालको संयोजकत्वमा महेन्द्र श्रेष्ठ र विक्रम सारु, गल्याङ् नगरपालिकामा पूर्व संविधान सभा सदस्य मोहन पाण्डेको संयोजकत्वमा गुरु भट्टराई र बुद्धिसागर भण्डारीलाई जिम्मेवारी दिइएको नेपाली कांग्रेस स्याङजाका प्रवक्ता इन्द्रवहादुर गोदारले जानकारी दिए ।
जागरण अभियानको प्रचार प्रसारका लागि प्रवक्ता गोदारको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको छ । उक्त समितीको सदस्यहरुमा पृथ्वीप्रसाद पोखरेल, चन्द्रकान्त पोखरेल, ओमप्रकाश शर्मा, प्रकाश डोटेल, प्रदीप कोइराला, श्रीकृष्ण सिग्देल, भवानी अधिकारी, टिकाराम अधिकारी रहेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोबिन्द भट्टराईले एक महिने जागरण अभियानको गत २५ गते पुतलीबजार नगरपालिका १ स्थित पार्टी कार्यालयमा औपचारिक शुभारम्भ गरेका थिए ।
जागरण अभियान प्रत्येक तहमा तोकिएका प्रतिनिधीले बर्तमान सरकारका क्रियाकलाप लगायत नेपाली कांग्रेसका भावी रणनीती र कार्ययोजनाका बारेमा समेत छलफल, सदस्यता वितरण, प्रशिक्षण एवं अन्तरक्रिया गरिने भएको नेपाली कांग्रेस स्याङ्जाका कार्यवहाक सभापती कुमार रानाले जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छः महासचिव पोखरेल
कात्तिक २७, २०८१ मंगलबार
हिन्दुकुश क्षेत्रका वातावरणमन्त्रीको साझा मञ्च आवश्यकता छ : मन्त्री शाही
कात्तिक २७, २०८१ मंगलबार
राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपतिबीच बाकुमा भेटवार्ता
कात्तिक २७, २०८१ मंगलबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
गण्डकी प्रदेशका सांसद दीपक मनाङे काठमाडौंमा पक्राउ
कात्तिक २७, २०८१ मंगलबार
उद्योगमा लाइन नजोडिएकोमा प्रधानमन्त्रीको प्रतिक्रियाः “नजोडिएको भए हेर्दै जाउँ ”
कात्तिक २७, २०८१ मंगलबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छः महासचिव पोखरेल
कात्तिक २७, २०८१ मंगलबार
हिन्दुकुश क्षेत्रका वातावरणमन्त्रीको साझा मञ्च आवश्यकता छ : मन्त्री शाही
कात्तिक २७, २०८१ मंगलबार
ट्याङ्करको टायर पड्किँदा एक जनाको मृत्यु, पाँच घाइते
कात्तिक २७, २०८१ मंगलबार
अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
मर्दी आरोहणका क्रममा गाइड सम्पर्कविहीन, खोजीकार्य सुरु
कात्तिक २७, २०८१ मंगलबार