ईन्डियन प्रिमियर लिग क्रिकेटमा चेन्नेई सुपर किंग्स फाईनलमा प्रवेश
इन्द्र रिजाल
बैशाख २८, २०७६ शनिबार १४:१०:१३
एजेन्सी । चेन्नेई सुपर किंग्स ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको फाईनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै चेन्नेईले मुम्बईसंग उपाधि भिडन्त पक्का गरेको हो ।
१ सय ४८ रनको लक्ष्य चेन्नेईले १ ओभर बाँकी छँदै ४ विकेट गुमाएर पुरा गर्यो । ओपनर फाफ डु प्लेसिस र सेन वटसनले अर्धशतक बनाउँदै चेन्नेईको जितको रेखा कोरेका थिए ।
दुवैले पटक विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए । सुरेश रैना ११ रन बनाएर आउट भएका थिए । यसअघि, विशाखापटनममा चेन्नेईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रन बनायो ।
ऋषभ पन्तले ३८ र कोलिन मुन्रोले २७ रन जोड्नु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन । ओपनर पृथ्वी शा ५ र शिखर धवन ८ रनका आउट भएका थिए । कप्तान श्रेयश लेयर १३ रनमा पोविलियन फर्किएका थिए । अन्यको प्रर्दशन खासै उल्लेख्य रहन सकेन ।
चेन्नेईका दिपक चाहर, हरभजन सिंह, रविन्द्र जडेजा र डियान ब्राभोले समान २-२ विकेट हात पारे । चेन्नेईले उपाधिका लागि मुम्बई ईन्डियन्ससग प्रतिस्पर्धा गर्नेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमहिला क्रिकेटको फाइनलमा सुदूरपश्चिम प्रदेश
जेठ ४, २०८१ शुक्रबार
नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग वार्म अप खेल खेल्ने
जेठ ४, २०८१ शुक्रबार
ललितपुर मेयर कप महिला क्रिकेट : एपिएफ विजयी
जेठ ३, २०८१ बिहिबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्रीले सदनको अवरोधको विषयमा कांग्रेससँग छलफल गर्दै
जेठ ४, २०८१ शुक्रबार
ठाउँ अभावले एक्सरे सञ्चालनमा समस्या
जेठ ४, २०८१ शुक्रबार