कालीगण्डकी करिडोर गण्डकी प्रदेश भएरै जानेछ : मुख्यमन्त्री गुरुङ
इन्द्र रिजाल
बैशाख २८, २०७६ शनिबार १५:३:१८
पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर नदीको तिरैतिर गण्डकी प्रदेश भएरै जाने स्पष्ट पारेका छन् ।
करिडोरको रूपमा कालीगण्डकीको पूर्वी र पश्चिमी भागबाट समानान्तर रुपमा सडक निर्माण भइरहेको बेला पर्वतको फलेबास नगरपालिकाले शुक्रबार आयोजना गरेको मेयरकप खेलकूद प्रतियोगिता कार्यक्रममा मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश भएरै करिडोर जाने स्पष्ट पारेको हो ।
“गण्डकी प्रदेशको सबैभन्दा महत्वपूर्ण सडक भएका कारण प्रदेश भएरै नेप्चुङदेखि त्रिवेणीसम्म कालीगण्डकी नदीको किनारैकिनार भएर जान्छ ।” उनले भने, “अब वारिपारी भनेर विवाद गर्नुहुन्न, प्रदेशले आफ्नो सडक आफ्नै क्षेत्र भएर लैजान्छ ।”
प्रदेशले शालिग्राम करिडोरको रुपमा मुस्ताङदेखि त्रिवेणीसम्मै सडक बनाउने प्रस्ताव अघि बढाएको र यस वर्ष विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’ बनाउने काम अघि बढाइएको उनको भनाइ थियो ।
शालिग्राम करिडोर सम्पन्न गर्न सङ्घीय सरकारसँग अनुरोध गर्ने तर आवश्यक परेको अवस्थामा प्रदेशले समेत लगानी गरेर भए पनि सम्पन्न गराइछाड्ने उनको भनाइ थियो । पश्चिम किनारबाट पनि सडक बनेको र त्यसलाई सम्पन्न गराउनेतर्फ पनि प्रदेशले जोड दिने मुख्यमन्त्री गुरुङले बताए ।
सङ्घीय सरकारको नीति तथा कार्यक्रममा कालीगण्डकी डाइभर्सन परियोजना अघि बढाउने कार्यक्रम आएको बेला गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो क्षेत्र सुख्खा पारेर नदी डाइभर्सन गर्न नदिइने कुरा दोहो¥याए।
उनले कालीगण्डकी नदी गण्डकी प्रदेशको मुख्य नदी भएकाले यसलाई डाभर्सन गर्न गण्डकी प्रदेशको पनि सहमति चाहिन्छ भने । “कालीगण्डकीको तल्लो तटीय क्षेत्र सुख्खा पारेर डाभर्सन गर्न दिइन्नँ”, “यो परियोजना अघि बढाउन गण्डकी प्रदेशको पनि सहमति चाहिन्छ ।”
सांसद पदम गिरीले यातायातमा रहेको सिन्डिकेट र अहिले भइरहेको जग्गा दलालीको अन्त्यमा सरकार लागि परिरहँदा अनर्गल प्रचार भइरहेको बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु, सवा १७ अर्ब लगानी
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार