राष्ट्रिय गौरवका आयोजनाकै निर्माणको गति शून्य
इन्द्र रिजाल
बैशाख २९, २०७६ आइतबार २१:५८:३५
काठमाडौँ । राष्ट्रिय सरोकार तथा समन्वय समितिले मुलुकका चार वटा आयोजनाको समग्र वस्तुस्थिति तथा कार्यान्वयनमा देखिएको चुनौतीबारे सम्बन्धित मन्त्रालय र सरोकारवालासँग जानकारी माग गर्ने निर्णय गरेको छ । समितिको आजको बैठकले मेलम्ची खानेपानी आयोजना, बूढीगण्डकी जलविद्मुत परियोजना, काठमाडौँ–तराई–मधेश द्रूतमार्ग र जनता आवास कार्यक्रमका बारेमा सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायका पदाधिकारीसँग जानकारी लिने निर्णय सभापति दिलकुमारी रावलले जानकारी िदएका छन् ।
सदस्यहरुले मुलुकका राष्ट्रिय गौरवका २१ वटा आयोजनाको समग्र वस्तुस्थिति, देखिएको चुनौती र कार्यान्वयनको अवस्थाबारे गरिएको अध्ययनसम्बन्धी जानकारी बैठकमा प्रस्तुत गरेका िथए ।
राष्ट्रिय गौरवका आयोजनामध्ये मेलम्ची खानेपानी आयोजना इटाली निर्माण कम्पनीले छोडेर गएपछि कुन ढाँचाबाट अघि बढाउने भन्ने सरकारबाट निर्णय नभएको हुँदा निर्माणको गति शून्य रहेको सदस्य सुरेन्द्रराज पाण्डेले बताए।
उनले भने “सरकारले कसरी काम अघि बढाउने भनेर निर्णय नगरेकाले गति शून्य छ, आयोजना अहिले सरकारको निर्णय कुरेर बसेको अवस्थामा छ ।”
अर्का सदस्य जीवनबहादुर बुढाले बताए, “कतिपय राष्ट्रिय गौरवका आयोजना पूरा गर्न दिएको अवधि र हालको प्रगति हेर्दा ठट्टा गरे जस्तो भान हुन्छ, मेलम्ची गौरवको आयोजना भनिए पनि काम गर्ने तौरतरिका र प्रगति हेर्दा सन्तोष मान्न सकिने अवस्था छैन ।
‘‘कर्णालीलगायतका हिमाली क्षेत्रका आयोजना ढिलो शुरु हुने र जाडोका कारण कात्तिकपछि काम गर्न नसकिने हुँदा पूर्वाधार निर्माणका लागि विनियोजित रकम कात्तिक महीनासम्म निस्क्रिय नहुने व्यवस्था गर्न समितिले सरकारको ध्यानाकर्षण गराउनुपर्ने उनले बताए ।
अर्का सदस्य खिमलाल भट्टराईले भने “लुम्बिनी विकास गुरुयोजना कार्यान्वयन पूरा गर्न बाँकी रहेको ३० प्रतिशत कामका लागि रु छ अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । बाराको निजगढमा बन्ने लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको गति पनि शून्य जस्तै छ, त्यहाँको टाँगिया बस्ती व्यवस्थापन गर्ने काम अझै सकिएको छैन, नयाँ मन्त्री र नयाँ बजेट आएपछि मात्र निर्माणले गति लिन्छ जस्तो छ ।’’
द्रूतमार्ग अघि बढाउने सिलसिलामा केही काम अघि बढेको देखिए पनि अहिलेसम्म विस्तृत परियोजना प्रतिवेदन स्वीकृत नहुनुको कारणबारे समितिले रक्षा मन्त्रालय र नेपाली सेनासँग जानकारी माग गर्ने निर्णय गरेको छ ।
उक्त राजमार्गको निर्माण नेपाली सेनाको व्यवस्थापनमा भइरहेको छ ।
बूढीगण्डकी विद्मुत आयोजना पनि कुन ढाँचामा कसले बनाउने भन्ने विषयमा सरकार समयमा टुङ्गोमा पुग्न नसक्दा आयोजनाको समयावधि लम्बिएको मात्र होइन, लागतसमेत दोब्बर हुन पुगेकोतर्फ सरकार गम्भीर हुनुपर्ने समितिका सदस्यको सुझाव रहेको थियो । उक्त आयोजना अघि बढाउने सन्दर्भमा अझैसम्म पनि कतिपय स्थानको मुआब्जासम्बन्धी विवाद कायमै रहेको र भौतिक प्रगति शून्य नै रहेको बताइएको छ ।
बैठकमा सदस्यले भेरी बबई डाइभर्सन, माथिल्लो तामाकोशी, पशुपति विकास क्षेत्र, रानी जमरा–कुलरिया सिँचाइ आयोजना, राष्ट्रपति चुरे कार्यक्रम, पूर्व–पश्चिम विद्मुतिय रेलमार्गलगायतका आयोजनाको प्रगति अवस्था र कार्यान्वयनमा देखिएका चुनौतीका बारेमा प्रस्तुतीकरण गरेका िथए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपधुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजना पुनःनिर्माणका लागि एक लाख युरो सहयोग
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
वाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
सांसदहरूले भ्रष्टाचार तथा अनियमितता रोक्ने कानुन बनाउने कि अझ बढाउने ?
पुष २०, २०८१ शनिबार
प्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाखको बीमा दावी, एक अर्ब ७८ करोड भुक्तानी
पुष २०, २०८१ शनिबार
काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरूद्धको एचपिभी खोप दिइने
पुष २०, २०८१ शनिबार
पुष्पाः२ अब ओटिटीमा, एक महिना पछि नेटफ्लिक्समा हेर्न सकिने
पुष २०, २०८१ शनिबार