जलवायु परिवर्तन बिषयमा विश्व ‘सही बाटोमा छैन’ : गुटेर्रेस
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
बैशाख २९, २०७६ सोमबार २:१:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/images_cms-image-000022297-1-1_eKUsWwCc2L.jpg)
एजेन्सी । जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम वृद्धिलाई थप भयावह अवस्थामा पुग्न नदिन विश्व ‘सही बाटोमा अघि नबढेको’ संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बताएका छन् ।
दक्षिण प्रशान्त क्षेत्रको भ्रमणमा रहेका राष्ट्रसङ्घ प्रमुखले न्यूजिल्याण्डमा आइतबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “हामीले पेरिस सहमतिले परिभाषित गरेको उद्देश्य प्राप्त गर्न गर्नुपर्ने काम कुनै पनि ठाँउमा नभएको प्रष्ट देखिन थालेको छ ।”
“अन्तर्राष्ट्रिय राजनीतिक सङ्कल्प हराउँदै गएको छ, खासगरी यसबाट साना टापूहरू जो समुद्री सतहबाट निकै नजिकको उचाइमा रहेका छन्, धेरै प्रभावित भइरहेका छन् ।”
जलवायुसम्बन्धी पेरिस सम्झौताले विश्वव्यापी तापमान वृद्धिलाई औद्यौगिक क्रान्तिपूर्वको तापक्रम अर्थात् १.५ डिग्री सेल्सियसमा सिमित गर्ने योजना अघि सारेको भएपनि यसलाई कार्यान्वयनको तहमा लान तापमान वृद्धिमा उल्लेख्य भूमिका खेल्दै आएका विश्वका विकसित तथा सम्पन्न कतिपय मुलुकले नै आनाकानी गरिरहेका उनको भनाइ थियो ।
विरोधाभासको कुरा के छ भने पृथ्वीको तापक्रम झनभन्दा झन विग्रिँदै गएको तर राजनीतिक कदमहरू विस्तारै प्रभावहीन बन्दै गएका उनले न्यूजिल्याण्डका प्रधानमन्त्री यासिन्दा अर्डर्नसँगको संयुक्त प्रेस सम्मेलनमा अकल्याण्डमा बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपफ्रान्सको पेरिसमा निजी जेट दुर्घटनाग्रस्त, तीन जनाको मृत्यु
असार १७, २०८१ सोमबार
फ्रान्समा पहिलो चरणको मतदानमा राष्ट्रपति म्याक्रोनको दल तेस्रो स्थानमा
असार १७, २०८१ सोमबार
थप दुई पूर्वी युक्रेनी गाउँमाथि रुसको दाबी
असार १७, २०८१ सोमबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेकपा एसको महाधिवेशनमा अरु शीर्ष गए, ओली गएनन्
असार १६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
बलिउड अभिनेता शत्रुघन सिन्हा अस्पतालमा भर्ना
असार १७, २०८१ सोमबार
बेनी–दरबाङ सडक खण्डसँगै जोडिएको रणवाङको फाँट
असार १७, २०८१ सोमबार
शेरीगाउँ आसपासको दृश्य
असार १७, २०८१ सोमबार
सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी
असार १७, २०८१ सोमबार
मनसुन थप सक्रिय हुने सम्भावना कायमै, सतर्क रहन अनुरोध
असार १७, २०८१ सोमबार
फ्रान्सको पेरिसमा निजी जेट दुर्घटनाग्रस्त, तीन जनाको मृत्यु
असार १७, २०८१ सोमबार