ट्रम्प र सीबीच आगामी महिना व्यापार विवादबारे विचारविमर्श हुन्छ : कुड्लो
इन्द्र रिजाल
बैशाख ३०, २०७६ सोमबार १२:१५:२८
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिन फिङबीच आगामी महिना हुने भेटमा व्यापार विवादबारे विचारविमर्श हुन अमेरिकी अधिकारीले बताएका छन् ।
“जापानको ओसाका शहरमा आगामी जुन २८ र २९ मा आयोजना हुने जी–ट्वन्टी समूहको शिखर सम्मेलनका अवसरमा दुई शक्तिशाली अर्थतन्त्रका राष्ट्रप्रमुखबीच भेट हुने भएको छ,” ह्वाइटहाउसका आर्थिक सल्लाहकार ल्यारी कुड्लोले आइतबार बताए ।
लामो समयदेखि चलिरहेको व्यापारसम्बन्धी पछिल्लो वार्ता गत शुक्रबार सम्पन्न भएको थियो भने थप वार्ता निकट समयमा बेइजिङमा हुने चिनियाँ प्रतिनिधिले बताएका थिए ।
यद्यपि यसबारे अमेरिकी धारणा भने आइसकेको थिएन । अमेरिकी तथा चिनियाँ प्रतिनिधिबीच भएको दुई दिन लामो वार्तापछि विश्वका शक्तिशाली अर्थतन्त्रबीच कतिपय मुद्दामा सैद्धान्तिक असहमति रहेको तर अधिकांश मुद्दामा समझदारी बनेको चिनियाँ अधिकारीले जनाएका थिए ।
अमेरिका–चीनबीच विगत केही महीनादेखि चलिरहेको व्यापार वार्ताका प्रमुख वार्ताकार तथा चिनियाँ उपप्रधानमन्त्री लिउ हेले वासिङ्टन र बेइजिङबीच प्रमुख तीन असहमति रहेको बताए ।
वासिङ्टनमा दुई दिन लामो वार्तापछि वासिङ्टनमा शुक्रबार साँझ गरिएको पत्रकार सम्मेलनमा लिउले वार्ता भङ्ग नभएको तर अमेरिकाले चिनियाँ सामानमाथि थप कर वृद्धि गर्ने घोषणाले दुई देशबीच सामान्य तर फरक मोड निम्त्याएको जनाउँदै दुई देशबीचको वार्ता अपरिहार्य रहेको बताएका थिए ।
संयुक्त राज्य अमेरिका र चीनले दुबैतर्फ गरी गत बर्षदेखि करिब ३ खर्ब ६० अर्ब अमेरिकी डलर बराबरको कर वृद्धि गरेका छन् । यसबाट अमेरिकी कृषिजन्य सामानहरूको चीन निर्यात ठूलो पैमानामा घटेको छ भने चीनबाट अमेरिका पुग्ने सामानमा पनि उल्लेख्य कमी आएको छ ।
व्यापार विवादका कारण दुवै देशको विनिर्माण क्षेत्रका सामानमा भएको मूल्य वृद्धिका कारण विश्वका दुई ठूला अर्थतन्त्रका साथै विश्व बजारमा पनि यसको प्रभाव परिरहेको छ ।
वासिङ्टनका आर्थिक सल्लाहाकार कुड्लोले फक्स न्यूजलाई दिएको अन्तवार्तामा व्यापार विवाद समाधानको प्रक्रिया अघि बढिरहेको तर घोषित करवृद्धि पनि लागु हुने बताए । उनले भने, हामी विवाद समाधान नहुँदासम्म पहल पनि जारी राख्छौँ भने करवृद्धिको नयाँ घोणणाबाट पछि हट्ने कुरा पनि हुँदैन ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपउपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई सरकारको आग्रह
असोज १२, २०८१ शनिबार
विपद् प्रतिकार्यको लागि सशस्त्र प्रहरीबाट १० हजार ५ सयभन्दा बढी जनशक्ति परिचालन
असोज १२, २०८१ शनिबार
कोशी ब्यारेजमा पानीको सतह बढ्दै, आकस्मिक बाहेकका सवारी साधनलाई रोक
असोज १२, २०८१ शनिबार
नेता शेखर कोइरालाको प्रश्न: नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?
असोज १२, २०८१ शनिबार
काठमाडौंबाहिरका आठ विमानस्थलमा आन्तरिक उडान सञ्चालन
असोज १२, २०८१ शनिबार
घाइतेको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन
असोज १२, २०८१ शनिबार