प्रकृया मिच्दै नेपालबाट डाक्टर र नर्स लैजाने माल्दिभ्सको तयारी
इन्द्र रिजाल
बैशाख ३०, २०७६ सोमबार २०:१६:२१
काठमाडौं। मालदिभ्सको स्वास्थ्य मन्त्रालयले नेपाली चिकित्सिक तथा नर्सहरुसहित १ सय ९६ जना दक्ष नेपाली कामदारहरुको माग गरेको छ।
मालदिभ्सको स्वास्थ्य मन्त्रालयलयको मानव संशाधन विभाग अन्तर्गतको फरेन रिक्रुटमेन्ट सेन्टरले प्रक्रिया पूरा नगरी नै दक्ष चिकित्सकहरुसहित नर्सहरुको आवदेन खुला गरेको हो।
यस विषयमा काठमाडौंस्थित माल्दिभ्सका कन्सुलेट कार्यालयले सरोकारवाला मन्त्रालयलाई कुनै जानकारी दिएको छैन।
पछिल्लो समय मालदिभ्स नेपाली दक्ष कामदारहरुको लागि आकर्षक गन्तव्यको रुपमा चिनिन थालेको छ। मालदिभ्स नेपाली कामदारहरुको लागि खुला मुलुक भए पनि सिधै प्रक्रिया पूरा नगरी सूचना जारी गरेको हो।
‘त्यसरी सूचना प्रकाशित गरेर कामदार भर्ती गर्न मिल्दैन। त्यहाँको निकायले नेपाली स्थानीय एजेण्टहरुसँग सहकार्य गरी सोही मार्फत कामदार लैजानुपर्छ,’ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दाहालले पहिलोपोस्टसँग भने, ‘सिधै त्यहाँको सरकारले नै सूचना जारी गर्न मिल्दैन। के हो हामी त्यहाँको कन्सुलेट कार्यालयसँग बुझ्छौँ।’
मालदिभ्सले जारी गरेको सूचनामा तत्काल आवश्यक परेको भन्दै छिटो मालदिभ्समा पुगेर काम गर्न सक्नेलाई प्राथमिकता दिइने उल्लेख छ। सात दिनभित्र आवेदन दिने म्यादसहित प्रकाशित सूचनामा आवेदकहरुले कन्सुलेट कार्यालयमै आवेदन दिनुपर्ने र कन्सुलेट कार्यालयमै अन्तरर्वाता लिने उल्लेख छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपशनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार