विवाद र असन्तुष्टिमा एन्फा
इन्द्र रिजाल
जेठ १, २०७६ बुधबार १९:१५:५४
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) मा सदस्यहरूको असन्तुष्टि यदाकदा सुनिए पनि औपचारिक रूपमा सार्वजनिक भएको थिएन । तर केन्द्रीय कार्यसमिति बैठकमा उपाध्यक्षसहित तीन सदस्यले बैठक बहिस्कार गरेपछि एन्फा विवाद सतहमा आएको छ ।
मंगलबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसमिति बैठक विधानसम्मत नभएको कारण देखाउँदै निर्वाचित उपाध्यक्ष वीरबहादुर खड्का तथा सदस्य नुवाकोटका पूर्णमान चित्रकार र तनहुँका रत्नकुमार श्रेष्ठले बैठक बहिस्कार गरे ।
चितवनमा गत भदौमा एन्फाको विधान संशोधन गरिएको थियो । त्यही विधान राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृत नभई लागू गर्न खोजिएको भन्दै उनीहरूले बैठक बहिस्कार गरेका थिए । ‘‘विधान राखेपबाट पारित नहुन्जेल वैधानिक हुँदैन, भविष्यमा अध्यक्षज्यूलाई नै अप्ठेरो पर्नसक्ने देखेर बेलैमा सचेत गराएका हौं, तर उहाँहरू मान्नुभएन । विधानविपरीतको बैठकमा हामी बस्न सकेनौं,’ उपाध्यक्ष खड्काले भने ।
मंगलबारको एन्फा बैठकले भने उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाई वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको थियो ।
यसकै आक्रोशको परिणामस्वरुप उपाध्यक्षखड्काले सामाजिक सञ्जालमार्फत फ्रान्समा हुने आसन्न फिफा कंग्रेसमा सहभागी नहुने घोषणा गरेका छन् । तर अन्तिम निर्णय नगरेको र बुधबार छलफलपछि निर्णय गर्ने उनले बताए ।
एन्फा महासचिव इन्द्रमान तुलाधरले भने उपाध्यक्ष खड्काको विधानबारे राखेको तर्कको कुनै तुक नरहेको प्रतिक्रिया दिए । उनले भने, ‘उपाध्यक्षले भनेजस्तो विधानलाई राखेपले स्विकृति नदिएको होइन ।
राखेप प्रतिनिधिकै रोहबरमा विधान पास भएको हो र राखेपको छापसहितको प्रति हामीसँग सुरक्षित छ,’ उनले भने, ‘त्यही विधानअनुसार हामीले विराटनगरमा विशेष अधिवेशन सम्पन्न गरिसक्यौं । अहिले आएर विधानअनुरुप भएन भन्नु जायज होला र रु’महासचिवले नयाँ विधानबारे फिफा र एएफसीसँग पनि समन्वय गरिसकेको जानकारी गराए ।
एन्फा कार्यसमिति बैठकले आर्थिक वर्ष ०७६/७७ का लागि वार्षिक बजेट र कार्यक्रम पारित गरेको छ । जिल्ला, प्रदेश लिग र एन्फा प्रेसिडेन्ट लिगको नियमावली अनुमोदन गरी यसै वर्षदेखि सञ्चालन गर्ने निर्णय भएको छ । अर्को वर्षदेखि राष्ट्रिय लिग हुने भएको छ ।
बैठकले संघमा अनुबन्ध रहेका ४५ जिल्लामा ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका क्लबको सम्भाव्यता अध्ययन गर्ने तथा ४५ मध्ये १० जिल्लामा एकैपल्ट भौतिक पूर्वाधारको स्तरोन्नति गर्ने निर्णय गरेको छ । त्यस्तै कर्मचारी कार्यविधि पनि लागू गरिने निर्णय भएको छ ।
एन्फामा आबद्ध व्यक्तिहरूले संघको हितविपरीत अभिव्यक्ति दिएको भन्दै बैठकले प्रवक्ता किरण राईको संयोजकत्वमा पदाधिकारीले पालना गर्नुपर्ने आचारसंहिता निर्माणको जिम्मा दिइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपरेसुङ्गा नगरपालिकाको रनिङ शिल्ड रेसुङ्गा माविलाई
माघ ७, २०८१ सोमबार
कनकाई कप–२०८१ : बेलबारी र सिक्किम फाइनलमा
माघ ७, २०८१ सोमबार
प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार विजयी
माघ ७, २०८१ सोमबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार