उपत्यकामा रातमा सार्वजनिक सवारी नहुँदा यात्रु हैरान
इन्द्र रिजाल
जेठ ३, २०७६ शुक्रबार १३:२९:११
काठमाडौं । महालक्ष्मी स्थानस्थित एक क्लिनिकमा कार्यरत चापागाउँकी मनिता न्यौपानले केही महीना पहिले जागिर छाड्े । राति ८ बजेसम्म काम गर्नुपर्ने भए पनि त्यहाँबाट घर फर्कन नियमितरूपमा बस नपाउँदा उनले जागिर नै छाड्नुपरेको हो ।
पहिले त्यस क्लिनिकमा काम गर्दा कहिले बस नपाएर ट्याक्सीमा त कहिले मोटरसाइकलमा ‘लिफ्ट’ मागेर जाने गरेको न्यौपानेले बताए । रातको समयमा नचिनेको मान्छेसँग हिँड्न सुरक्षित महसुस नभएको उनको अनुभव छ । पारिश्रमिकका हिसाबले सन्तोषजनक भए पनि यातायातको साधन नपाउँदा जागिर छाड्नुपर्दा उनी दुःखी थिए । उनले भने, “रातको समयमा नचिनेको मान्छेको साधनमा हिँड्न आफैँलाई पनि सुरक्षित महसुस हुँदैन र परिवारलाई पनि सधैँ चिन्ता हुन्छ ।”
कार्यालयमा साँझसम्म काम गर्दा यातायातका साधन नपाएर दैनिक हैरान भइरहेको भक्तपुर ताथलीकी सुनिता दुलालले सुनाए । बागबजारस्थित एउटा निजी संस्थामा कार्यरत उनीकार्यालयबाट दैनिक साँझ ६ बजे निस्कन्छन् । कार्यालयमा काम गरिरहँदा दिउँसो नै घर कसरी फर्कने भन्ने चिन्ता हुने गरेको उनले बताए । कहिलेकाहीँ बस तोकिएको समयभन्दा पहिले नै गइसक्दा उनी हैरान छन्।
रातको समयमा बस नपाउँदा उहाँ बीच बाटोसम्मको बसमा जाने र त्यसपछि परिवारका सदस्यलाई लिन बोलाउछन् । उनले भने, “हामी शहरी क्षेत्रबाट केही टाढा घर भएकालाई साँझमा गाडी नपाउँदा काम गर्न साह्रै गाह्रो छ ।”
काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सञ्चालन नहुँदा यात्रु हैरान छन् । उपत्यकाका शहरी क्षेत्रमा भन्दा पनि काँठ ९काठमाडौँ आसपासका ग्रामीण क्षेत्र० मा जाने बस साँझ परेपछि चल्दैनन् । उपत्यकामा सार्वजनिक सवारीसाधन अपराह्न ९कार्यालय छुट्ने समय० पछि पातलो हुँदै जाने र छरसात बजेपछि ठप्प नै हुने गरेको पाइन्छ ।
कतिपयले रातको समयमा सवारीसाधन नचल्ने कारणले गरिरहेको कामसमेत छाड्न बाध्य छन् । दिउँसो विद्यालयमा पढाउँदै आएका ललितपुर बाँडेगाउँका अमन कार्की केही समय पहिलेसम्म साँझमा दुई ठाउँमा ट्युसन पढाउन्थीए । घर फर्कनका लागि सवारीसाधन नपाएर पटकपटक समस्या भएपछि अहिले उनले एउटा ठाउँमा मात्रै पढाउने गरेका छन्।
काठमाडौँको महङ्गीका कारण अतिरिक्त काम गर्नुपर्ने बाध्यता भएको उनले बताए । अहिले उनी मोटरसाइकल सिकेर पनि थप काम गर्ने सोचाइमा छन् । मोटरसाइकल किन्ने रहर नभए पनि बाध्यता बनेको उनले बताए। “आफ्नो साधन नहुँदा सार्वजनिक यातायात चढेर १० देखि पाँच बजेसम्म काम गर्न मात्रै ठिक्क हुन्छ”, उनले भने, “कि त अतिरिक्त काम नगर्ने कि आफूले साधन किन्नुपर्ने बाध्यता छ ।”
यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले अहिले काठमाडौँ उपत्यकाभित्रै चल्ने रात्रिबस नभएको र तत्काल चलाउन कुनै योजना पनि नभएको जानकारी दिए ।
होटल रेष्टुरेन्टलगायतका रातिसम्म सेवा दिनुपर्ने ठाउँमा काम गर्नेका लागि रात्रिकालीन यातायात आवश्यक भएको उनको जोड छ । रात्रिबस सञ्चालन सङ्घीय सरकारले मात्रै नभएर स्थानीय सरकारले समेत गर्नसक्ने उनले बताए ।
उनले भने, “स्थानीय सरकारले पनि आपसमा समन्वय गरेर रात्रिकालीन सवारीसाधन सञ्चालन गर्न सक्छ ।”
राति अबेर मात्रै नभएर काठमाडौँवासीले साँझदेखि नै सार्वजनिक यातायात सजिलै नपाउने गरेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाले बताए । साँझ पाँचरछ बजेपछि नै सार्वजनिक यातायात कम हुँदा यात्रु अलपत्रमा पर्ने गरेको उनले बताए। काठमाडौँ उपत्यकामा रात्रिकालीन बसको आवश्यकता बढिरहेको उनले औँल्याए । उनले भने, “साँझदेखि नै सवारीसाधन नपाएर कुरिरहेका यात्रुहरु चोकचोकमा भेट्न पाइन्छ ।”
काठमाडौँ र ललितपुर महानगरपालिकाको समेत शेयर रहेको साझा यातायातले २० नयाँ बस भित्र्याइरहेको छ । यी बसमध्ये कतिपय रात्रिकालीन सेवामा सञ्चालन गर्ने विषयमा छलफल भइरहेको दुवै महानगरपालिकाले जनाएका छन् ।
ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले नगरभित्र रात्रिकालीन सवारीसाधनको आवश्यकता रहेको बताए । एउटा नगरपालिकाले मात्रै नभएर उपत्यकामा रहेका सबै नगरपालिका आपसमा मिलेर रात्रिबस सञ्चालन गर्नुपर्नेमा उनको जोड छ । उनले भने, “नगरपालिकाको फोरमको बैठकले निर्णय नै गरेर पनि चलाउन सक्छ ।”
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकीर्तिमानी पर्वतारोही पूर्णिमालाई काठमाडौंमा भव्य स्वागत [ फाेटाेफिचर ]
जेठ १४, २०८१ सोमबार
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको कार्यालय घेराउ [ फाेटाेफिचर ]
जेठ १३, २०८१ आइतबार
डाँडामा लुकेको होमस्टे : चुलीबोझा मगर होमस्टे
जेठ १२, २०८१ शनिबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
आईपीएलमा कुन-कुन खेलाडीले के-के अवार्ड पाए ?
जेठ १४, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १४, २०८१ सोमबार
उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा
जेठ १४, २०८१ सोमबार
भुजुङ गाउँ घरवासका लागि प्रख्यात
जेठ १४, २०८१ सोमबार
विपन्न चेपाङ समुदायलाई खाद्यान्न वितरण
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
कीर्तिमानी पर्वतारोही पूर्णिमालाई काठमाडौंमा भव्य स्वागत [ फाेटाेफिचर ]
जेठ १४, २०८१ सोमबार
इमानदारितापूर्वक मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु : सन्दीप
जेठ १४, २०८१ सोमबार