सवारी साधनमा कर बढाउने निर्णय छ महिनासम्मका लागि रोर्क्ने ट्रम्पको घोषणा
इन्द्र रिजाल
जेठ ३, २०७६ शनिबार ३:१३:४०
एजेन्सी । अमेरिकाले खरिद गर्दै आएका सवारी साधनमा १० प्रतिशतबाट २५ प्रतिशत बढाउने भनिएको कर वृद्धि तत्कालका लागि नबढाइनेअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार घोषणा गरेका छन् ।
अमेरिकाका व्यवसायिक साझेदार मुलुकहरूसँगको कुराकानीपछि ह्वाइट हाउसद्वारा जारी ट्रम्पको घोषणामा भनिएको छ, “व्यापार प्रतिनिधिले निर्णय र यसको नतिजाबारे आगामी १८० दिनभित्र जानकारी गराउनेछन् । त्यसपछि थप निर्णय लिइनेछ ।”
अमेरिकी राष्ट्रपति ट्रम्पले सवारी साधन ‘कार’ मा थप २५ प्रतिशत दण्डजन्य करवृद्धिको घोषणा शनिबारसम्ममा गर्ने सिमारेखा तय गरेपछि अमेरिकासँग व्यवसायिक सहकार्य गर्दै आएको खासगरी यूरोपेली संघ ‘इयू’ तथा जापान, मेक्सिको र क्यानडाले चिन्ता व्यक्त गर्दै आएका थिए ।
उनीहरूले बदलामा अमेरिका निर्यात हुने मोटरसाइकल, सुन्तलाको रस, ह्वीस्की र नीलो जीन्स कपडामा भारी करवृद्धिको घोषणा गरिसकेका थिए ।
सवारी साधनको कारोबारमा विदेशी अस्वस्थ प्रतिस्पर्धाका कारण अमेरिकी गाडी कम्पनी क्षेत्रमा कमी देखिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबारसमेत दावी गरेका छन् ।
अमेरिकी बाणिज्य मन्त्री विल्बर रोसद्वारा जारी प्रतिवेदनमा उनले अमेरिकाको शेयर बजार खुम्चिनुमा गाडीको कारोबारमा देखिएको हलचल जिम्मेवार रहेको र यसका कारण अमेरिकी सवारीसाधनको बजार अनुसन्धान, विकास र निर्माणमा असर परेको बताए । यसका कारण अमेरिकी व्यवसायिक सुरक्षामा समेत प्रभाव परेको रोसको दावी छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ९, २०८१ आइतबार
कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार