नारायणगढ–मुग्लिन सडकका पुल वर्षात्अघि नै
इन्द्र रिजाल
जेठ ४, २०७६ शनिबार १४:३:२३
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणहुँदै गरेका चारमध्ये तीन वटा पुल तोकिएको समयअघि नै सम्पन्न हुने भएका छन् । एउटा पुल भने निर्धारित समयमा सम्पन्न नहुने देखिएको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार दासढुङ्गा, खानी र मौरी खोलाको पुलको निर्माणकार्य ८१ प्रतिशत सम्पन्न भएको छ ।
दासढुङ्गाको १५ मिटर, खानीको २५ मिटर र मौरीको पुल १५ मिटर लामो रहेको छ । तीन वटै पुलको ढलान कार्यसम्पन्न भएको उनले बताए । ती पुलबाट सडक जोड्ने ठाउँमा कालोपत्रे, रेलिङ् र रङ्ग रोगनका काम मात्र बाँकी रहेका छन् । खनालले अगष्ट सम्ममा सक्नुपर्ने सो पुल जुलाईमानै सकिने गरी काम भएको जानकारी दिए ।
लामा कन्ट्रक्सनले रु १३ करोड ६६ लाखमा बोलपत्र सकार गरी काम गरेको हो । विसं २०७४ को कात्तिकबाट पुल निर्माणको काम शुरु भएको थियो । सङ्गै ठेक्का लागेको जलबिरे खोलाको ८० मिटर लामो पुल भने ४८ प्रतिशत मात्र काम भएको छ । पुलको दुई तर्फको पिल्लर उठेको खनालले बताए ।
वर्षात्को समयमा काम गर्न कठिन हुने भएकाले ‘सेन्टिङ्’ गरेर ढलान गर्ने काम वर्षातपछि हुनसक्ने देखिएको छ । सो पुल रौताहा कन्ट्रक्सनले रु १४ करोडमा आउँदो डिसेम्बरसम्ममा सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो ।
सडक विस्तारसँगै पुल साँघुरा भएपछि सो सडक खण्डमा रहेका १८ मध्ये चारवटा पुल ठेक्का दिइएको थियो । ती पुल ११ मिटर चौडाइका रहेका छन् । अन्य पुल पनि ठेक्का दिने प्रक्रियामा रहेकाछन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनिरन्तर वर्षाले चौरजहारी-सल्लीबजार सडक अवरुद्ध
असार ११, २०८१ मंगलबार
ट्रयाक खुलेको १९ वर्षपछि सडक कालोपत्र
असार ११, २०८१ मंगलबार
योजना आयोगद्वारा नागढुङ्गा सुरुङमार्गको अनुगमन
असार ९, २०८१ आइतबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु, चट्याङबाट कसरी बच्ने ?
असार १२, २०८१ बुधबार
घिसिङ र उद्योगीबीच सुरु भयो वार, कसको कति छ बिल ?
असार १२, २०८१ बुधबार
विद्युतको तार सर्ट भई आगलागी हुँदा लाखौँको क्षति
असार १२, २०८१ बुधबार
विवाहपछि सोनाक्षीले भावुक नोट शेयर गर्दै सबैप्रति आभार व्यक्त गरिन्
असार १२, २०८१ बुधबार
बुधबार सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?
असार १२, २०८१ बुधबार
बाढी बस्तीमा पसेपछि विराटनगरमा ५ सय बढी घर डुबानमा, वडा नं ६ धेरै प्रभावित
असार १२, २०८१ बुधबार