देशैभर प्रशिक्षण सहितको ‘नेपाली कांग्रेस मेला’
इन्द्र रिजाल
जेठ ४, २०७६ शनिबार १७:५४:२९
काठमाडौं । देशभर जागरण अभियान सुरु गरेको नेपाली कांग्रेसले ‘नेपाली कांग्रेस मेला’ आयोजना गर्ने भएको छ ।
केन्द्रीय अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले काठमाडौंसहित देशका विभिन्न भागमा ‘कांग्रेस मेला’ कार्यक्रमा गर्ने निर्णय गरेको हो ।
पार्टी उपसभापति तथा प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको बैठकले बिभिन्न कार्यक्रम आयोजना गरी ३ दिनसम्म गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ ।
जेठ १४ गते ‘गणतन्त्रको एक दशक’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने, १५ गते विहान प्रभातफेरी, साँझ दीप प्रज्वलन र १६ गते संघीयताको कार्यान्वयन विषयक विचार गोष्ठी आयोजना गर्ने निर्णय गरिएको कांग्रेसले जानकारी दिएको छ ।
यस्तै, ७ प्रदेशका १४ स्थानमा महाधिवेशन प्रतिनिधिहरुका लागि २ दिने प्रशिक्षण कार्यक्रम गर्ने, क्रियाशील सदस्यहरुका लागि १ दिने आधारभूत प्रक्षिण दिने निर्णय समेत प्रतिष्ठानले गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआम्दानीको स्रोत बन्दै लप्सी
माघ ८, २०८१ मंगलबार
स्वास्थ्यप्रति सचेत बन्दै आमाहरु
माघ ८, २०८१ मंगलबार
लोप हुँदै मौलिक घर
माघ ८, २०८१ मंगलबार
मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया
माघ ८, २०८१ मंगलबार
ठगीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
माघ ८, २०८१ मंगलबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ
माघ ८, २०८१ मंगलबार