शनिबार देशैभर कहाँ के भयो ? थाहा पाउनुस
इन्द्र रिजाल
जेठ ४, २०७६ आइतबार ४:२७:३५
काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय महाशाखाले देशैभर भएका घटना दुर्घटनाहरुलाई नेपाल पुलिसको पेज माफत सार्वजनिक गरेको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ नवलपुरस्थित अवैध लागूऔषध गाँजा करिब १ सय ५० केजी सहित राक्सिराङ गाउँपालिका-१ बस्ने २७ वर्षीय सुकलाल थिङ र चितवन भरतपुर महानगरपालिका-१३ गितानगर बस्ने ३० वर्षीय नवराज दर्जीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले ना.३ ख ३७१५ नम्बरको ट्रक जाँच गर्नेक्रममा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी चालक थिङ र ट्रकमा सवार दर्जीलाई पक्राउ गरेको हो ।
बाँके, नरैनापुर गाउँपालिका-४ नरैनापुरबाट भारत सराबस्ती बस्ने ४२ वर्षीय देवदिन बिश्वकर्मालाई अवैध लागूऔषध चरेस करिब ५ केजी सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले बिश्वकर्माको पसलमा जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
उता खुनडाँका, संगठित अपराध र किर्ते मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् । खुनडाँका, संगठित अपराध र किर्ते मुद्दामा फरार रहेका सर्लाही लालबन्दी नगरपालिका-२ बस्ने ४५ वर्षीय संजिव पासवानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
सर्लाही, महोत्तरी, सिन्धुली, सिराहा र रुपन्देहीमा विभिन्न अपराधिक क्रियाकलापमा संलग्न पासवानलाई जिल्ला प्रहरी कार्यालय सर्लाही, ईलाका प्रहरी कार्यालय लालबन्दी र नवलपुर समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो ।
२०७४ असोज २४ गते सर्लाही हरिपुर नगरपालिका-९ स्थित कविलासी नगरपालिका-२ बस्ने सुनिल साहलाई गोली हानी हत्या गरी ७ लाख ५९ हजार ३ सय ७५ रुपैयाँ बराबरको धनमाल डाँका गरेको मुद्दामा फरार रहेका पासवान समेतले २०७५ मंसिर २० गते सर्लाही ईश्वरपुर नगरपालिका-१३ स्थितबाट हरिपुर नगरपालिका-७ बस्ने धनेश्वर महतोको साथबाट नगद ९ लाख ९० हजार रुपैयाँ लुटपाट गरी फरार भएका थिए ।
यसैगरी सवारी चालक अनुमती पत्र किर्ते गरेको अभियोगमा फरार रहेका पासवान मोहत्तरीका विभिन्न स्थानबाट २४ लाख ४ हजार डाँका घटनामा समेत संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको छ ।
साथै सिन्धुलीमा २ लाख ५७ हजार रुपैयाँ र सिराहामा ४ लाख ३१ हजार ९ सय रुपैयाँ डाँका भएको घटनामा समेत पासवान संलग्न रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यस्तै काठमाडौं महानगरपालिका-२८ पुरानो बसपार्कस्थित खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने काभ्रे दोलालघाट घर भई हाल काठमाडौं महानगरपालिका-३१ नयाँबजार बस्ने ४० वर्षीय श्री कृष्ण श्रेष्ठ र २८ वर्षीय देव गिरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले बा।५६ प ७४० नम्बरको स्कुटर जाँच गर्दा स्कुटरमा सवार उनीहरुलाई अवैध लागूऔषध गाँजा करिब २ सय ५० ग्राम सहित फेला पारी पक्राउ गर्ने क्रममा उनीहरुले प्रहरीलाई नगद २ हजार ५ सय रुपैयाँ दिने खोजेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यस्तै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-११ पिप्रहियाबाट भारत महाराजगंज फरेना बस्ने ५० वर्षीय झिनक धोवीलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान र सो को म्याग्जीन १ थान सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
नेपाल-भारत सीमा नाकामा भारतीय मूलका मानिसहरुले अवैध रुपमा साना हातहतियार लिई नेपाल आउँदै गरेको भन्ने विशेष सूचना प्राप्त हुनासाथ ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरबाट खटिएको प्रहरीले नम्बर नखुलेको मोटरसाइकलमा आएका उनलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले उनलाई नियन्त्रणमा लिने क्रममा सीमा पारीबाट तत्काल अज्ञात समूह नेपाल प्रवेश गरी हुलहुज्जत तथा अभद्र व्यवहार गर्दै डिउटीमा खटिएको प्रहरीलाई आक्रमण गर्नुका साथै हतियार खोस्न खोजेको र सीमा पारीबाट फायर समेत गरेकाले प्रहरीले जवाफी फायर गर्दा भारत महाराजगंज फरेना बस्ने करिब २२ वर्षीय दिलिप धोवी घाइते भएका थिए ।
तत्काल सोही समूहले आफूसँगै लिएर गएका घाइते धोवीको भारतमा उपचारको क्रममा मृत्यु भएको बुझिन आएको छ । साथै सो समूहको आक्रमणबाट डिउटीमा खटिएका २ जना प्रहरी कर्मचारी सामान्य घाइते भएका छन् ।
रोल्पा, लुङग्री गाउँपालिका-१ ऐप भन्ने स्थानबाट कटुवा पेस्तोल १ थान, थ्रीनटथ्री राईफलको गोली १४ राउण्ड, गोली ११ राउण्ड, सकेट बम १ थान र खुकुरी १ थान सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही गाउँपालिका बस्ने ४२ वर्षीय धन बहादुर खत्री, थवाङ गाउँपालिका-२ बस्ने ५२ वर्षीय जय बहादुर रोका र लुङग्री गाउँपालिका-२ बस्ने ४२ वर्षीय भुपेन्द्र खडका रहेका छन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यस्तै पर्साको पटेर्वा सुगौली गाउँपालिका(५ देउरियाबाट अवैध लागूऔषध गाँजा २ सय ८३ किलो र चरेश ५ किलो शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।
सोही स्थानका केही घरहरुमा लागूऔषध गाँजा र चरेश लुकाईछिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले तलासी गर्दा फुसन माझीको घरबाट लागूऔषध गाँजा १५ किलो, चरेश ५ किलो र उनको घरभन्दा अन्दाजी १ सय ५० मिटर टाढा रहेको नालाबाट लागूऔषध गाँजा २ सय ६८ किलो समेत फेला पारी प्रहरीले बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यस्तै आफ्नै दाजु ४८ वर्षीय शेष फारुकलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा पर्साको जिराभवानीपुर गाउँपालिका-१ बलुवा बस्ने ३८ वर्षीय शेख सेरामुद्धिनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनले आफ्नै दाजु फारुकलाई घरायसी विवादको कारण कटुवा पेस्तोलले गोली प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी महादेवपट्टीबाट खटिएको प्रहरीले शेख सेरामुद्धिनलाई कटुवा पेस्तोल १ थान, गोली ३ राउण्ड र खोका १ थान सहित फेला पारी पक्राउ गरेको हो ।
गोली प्रहारबाट गम्भीर घाइते भएका शेष फारुकलाई उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज हुँदै नेशनल मेडिकल कलेज वीरगंज लगिएकोमा थप उपचारको लागि शिक्षण अस्पतालमा महाराजगंज काठमाडौंतर्फ लैजाने क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपविपद् व्यवस्थापनमा परिचालन हुन प्रहरीलाई निर्देशन
असार १२, २०८१ बुधबार
पोषराज पोखरेल एआईजीमा बढुवा सिफारिस
असार १०, २०८१ सोमबार
प्रेम सफल नबन्दा दुई प्रहरी जवानले गरे आत्महत्या
असार ५, २०८१ बुधबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
शरीरलाई चलायमान नबनाए हुन सक्छ हृदयघात, मधुमेह र स्तन क्यान्सर जस्ता रोग !
असार १५, २०८१ शनिबार
पराग्वेमाथि ब्राजिलको फराकिलो जित
असार १५, २०८१ शनिबार
कोलोम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १५, २०८१ शनिबार
बागलुङ पहिरो अपडेट : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाति घाइते
असार १५, २०८१ शनिबार
पुस्तकालय रेखदेख गर्ने कर्मचारी राख्न माग
असार १५, २०८१ शनिबार
गुल्मीमा पहिरोले पुरिएर एकै घरका ३ जनाको मृत्यु, २ बेपत्ता
असार १५, २०८१ शनिबार