बायर्नलाई लगातार सातौं लिग उपाधि संगै रोबेन र रिबरीको सुखद बिदाई
इन्द्र रिजाल
जेठ ५, २०७६ आइतबार १७:५:५१
एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । हिजो राति भएको लिगको अन्तिम खेलमा बायर्नले फ्रान्कफर्टलाई ५–१ गोलले हराउँदै उपाधि जितेको हो ।
उपाधि रक्षा गरेको बायर्नको यो लगातार सातौँ लिग उपाधि हो ।
घरेलु मैदानमा भएको एकपक्षीय खेलमा बायर्नलाई जिताउन किंग्सले कोम्यानले खेलको चौँथो मिनेटमा खाता खोलेका थिए ।
त्यसपछि डेभिड अल्बाले ५३औँ, रेनाटो सान्चेजले ५८औँ, फ्रान्क रिबेरीले ७२औँ र आयर्न रोबेनले ७८ औँ मिनेटमा एक एक गोल गरे ।
फ्रान्कफर्टका सेवास्टीयन हाल्लरले ५०औं मिनेटमा एक गोल फर्काएका थिए ।
योसँगै रोबेन र रिबरीले उपाधिसँगै बायर्नका लागि आफ्नो अन्तिम खेल खेलेका छन् ।
दुई खेलाडीले बायर्नमा रहँदा संयुक्त रुपमा १५ उपाधि तथा १८५ गोल गरेका छन् ।
त्यस्तै, अर्का खेलाडी रफिनाले पनि यो सिजनको अन्त्यबाट क्लब छाड्ने छन् ।
अर्को खेलमा उपाधिको दाबेदार बोरुसिया बोरुसिया मोन्चेनग्लाडबाचलाई २–० गोलले हरायो । यसका बावजुद डर्टमन्ड लिग उपाधिबाट बञ्चित रह्यो ।
उपाधि विजेता बार्यनले ३४ खेलबाट ७८ अंक बनायो । दुई अंकले पछि पर्दै दोस्रो स्थानमा रहेको डर्टमण्डले ७६ अंक बनायो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपक्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
त्रिकोणात्मक टी-२० सिरिज: आज नेपाल र क्यानडा खेल्दै
असोज १२, २०८१ शनिबार
साफ यू–१७ च्याम्पियनसिप: सेमिफाइनलमा आज नेपल भारतसँग खेल्दै
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार