अमेरिका चीन व्यापार युद्ध, गुगल म्यापमा समेत असर पर्ने

इन्द्र रिजाल
जेठ ६, २०७६ सोमबार १९:२५:५०

एजेन्सी । गुगलले चिनियाँ दूरसञ्चार कम्पनी हुवावेसँगको व्यापारलाई सीमित बनाउँदै केही सेवाहरु कटौती गर्ने निर्णय गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सूचना प्रविधिमाथि खतरा बढेको भन्दै अमेरिकी कम्पनीहरूलाई विदेशी दूरसञ्चार उपकरण प्रयोगमा रोक लगाएको केही दिनमा नै गुगलले हुवावेसँग सहकार्य कम गर्ने घोषणा गरेको हो।
गुगलको यस निर्णयबाट अब हुवावेका नयाँ स्मार्टफोनहरुमा गुगलका केही एन्ड्रोइड सेवाहरु उपलब्ध हुनेछैन। यसका साथै हाल प्रयोगमा रहेका हुवावे स्मार्टफोनहरुको अपडेटमा समेत असर पर्नेछ।
गुगलले हुवावेलाई के के सेवा उपलब्ध नगराउने हो, यस बारेमा भने केही बताएको छैन। बीबीसीले भने अब आउने नयाँ हुवावे स्मार्टफोनमा युटयुब र गुगल म्याप सेवा कटौती हुने उल्लेख गरेको छ। यद्यपि, हुवावेले ओपन सोर्स लाइसेन्सबाट उपलब्ध हुने एन्ड्रोइड अपरेटिङ सिस्टमको प्रयोग भने गर्न सक्ने प्रविधि विशेषज्ञहरुले बताएका छन्।
ट्रम्पले दूरसञ्चार उपकरणहरूको प्रयोगका कारण राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न भएको र साइबर आक्रमणको खतरा बढेको भन्दै त्यस्ता उपकरणको प्रयोगमा रोक लगाउँदै संकटकाल घोषणा गरेका थिए। ट्रम्पको निर्णयपछि अमेरिकी कम्पनीहरूले विदेशी दूरसञ्चार कम्पनीका उत्पादन खरिद गर्न बाटो बन्द भएको थियो।
ट्रम्पको सो निर्णय खास गरी चिनियाँ उत्पादन हुवावेलाई नै लक्षित गरी ल्याइएको विश्लेषण गरिएको थियो। चिनियाँ कम्पनी हुवावेले आफ्ना उपकरणहरूको सहयोगले अरू राष्ट्रहरूमा जासुसी गरिरहेको अमेरिकाले आरोप लगाउँदै आएको छ। यद्यपि हुवावेले भने आफ्ना उपकरणहरू सुरक्षित रहेको बताउँदै अमेरिकी आरोप अस्वीकार गर्दै आएको छ।
गुगलको निर्णयपछि हुवावेले भने यसप्रकारको सेवा कटौतीबाट सेवामा असर पर्न नदिन आफूहरुले प्रयास गरिरहेको बताएको छ।
हुवावेका कार्यकारी निर्देशक रेन हेङफेइले जापानी संचार माध्यमसँग कुरा गर्दै आफूहरु तयार गरेको बताएका छन्।उनले हुवावेले आफ्नै एप ग्यालेरी र सफ्टवेयरहरु निर्माण गरिरहेको बताएका छन्।
अमेरिका र चीनबीच व्यापार युद्ध चर्किँदै गर्दा गुगलको यो निर्णयले दुई देशको सम्बन्धमा थप समस्या उत्पन्न हुनसक्ने अनुमान गरिएको छ। गत सातामात्रै ट्रम्पले २०० खर्ब डलर बराबरको चिनियाँ सामाग्रीमा लगाइएको १० प्रतिशत करलाई २५ प्रतिशत पुर्याएका थिए। जवाफमा चीनले ६० अर्ब डलर बराबरको अमेरिकी सामाग्रीमा कर वृद्धि गरेको थियो।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल
फागुन ११, २०८१ आइतबार
एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा
फागुन १०, २०८१ शनिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
जर्मनीमा गाँजामाथि फेरि प्रतिबन्ध लाग्दै, २ वर्षमा उल्टिदै निर्णय
फागुन १४, २०८१ बुधबार
प्रकृति लम्साल मृत्यु प्रकरणः ओडिसा सरकारले कलेजका थप ४ जना अधिकारीलाई बयानमा बोलायो
फागुन १४, २०८१ बुधबार
भारतका चार तेल कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध, इरानसँग व्यापार गरेको आरोप
फागुन १४, २०८१ बुधबार
बङ्गलादेशमा नेपाली सेना दिवस तथा साहित्यिक महोत्सव
फागुन १४, २०८१ बुधबार
मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार गर्नेविरुद्ध मुद्दा दायर
फागुन १४, २०८१ बुधबार