विदेशी विनिमय सञ्चितिमा अत्यासलाग्दो गिरावट

इन्द्र रिजाल
जेठ ६, २०७६ मंगलबार ०:४६:४३

काठमाडौं । विदेशी विनिमय सञ्चितिमा अत्यासलाग्दो गिरावट आएको छ । कुल विदेशी विनिमय सञ्चितिको कुरा गर्दा २०७५ असार मसान्तमा ११ खर्ब २ अर्ब ५९ करोड रहेकोमा सोही वर्षको चैत मसान्तमा गिरावट आई १० खर्ब ५० अर्ब ८५ करोड रुपैयाँमा खुम्चिएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब ८ करोड रहेकोमा २०७५ चैत मसान्तमा ९ अर्ब ५२ करोड रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा नौ खर्ब ८९ अर्ब ४० करोड रहेकोमा चैत मसान्तमा आइपुग्दा आठ खर्ब ९७ अर्ब १३ करोडमा झरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा एक खर्ब १३ अर्ब १९ करोड रहेकोमा चैत मसान्तमा एक खर्ब ५३ अर्ब ७३ करोड पुगेको छ ।
२०७५ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २६ दशमलब ३ प्रतिशत रहेको छ । सञ्चिति पर्याप्तता सूचकहरू आर्थिक वर्ष २०७५/७६ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले नौ महिनाको वस्तु आयात र ७ दशमलब ९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३० दशमलब ३ प्रतिशत, ६५ दशमलब ९ प्रतिशत र ३१ दशमलब १ प्रतिशत रहेका छन् ।
२०७५ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३६ दशमलब ४ प्रतिशत, ७८ दशमलब ६ प्रतिशत र ३५ दशमलब ६ प्रतिशत रहेका थिए । कच्चा पेट्रोलियम एवम् सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम (Crude Oil Brent) को मूल्य २०७४ चैत मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ७३ दशमलब १८ रहेकोमा २०७५ चैत मसान्तमा २ दशमलब २ प्रतिशतले कमी आई प्रति ब्यारल अमेरिकी डलर ७१ दशमलब ५७ पुगेको छ ।
त्यसैगरी, सुनको मूल्य २०७४ चैत मसान्तमा प्रति आउन्स अमेरिकी डलर १३४३ दशमलब ७० रहेकोमा २०७५ चैत मसान्तमा ३ दशमलब ७ प्रतिशतले कमी आई प्रति आउन्स अमेरिकी डलर १२९४ दशमलब ३० कायम भएको छ ।
विनिमय दर २०७५ असार मसान्तको तुलनामा २०७५ चैत मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग शून्य दशमलब ९ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली मुद्रा १ दशमलब २ प्रतिशतले अवमूल्यन भएको थियो ।
२०७५ चैत मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर एक सय १० दशमलब ३५ पुगेको छ । २०७५ असार मसान्तमा उक्त विनिमय दर एक सय नौ १०९ दशमलब ३४ रहेको थियो ।
प्रधानमन्त्री ओली सरकारको बैंकिङ कारोबार घाटामा
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार देशमा आएसँगै ओह्रालो लागेको अर्थतन्त्र खराब अवस्थामा पुगेको छ । आर्थिक वर्ष २०७५/७६ को नौ महिनामा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति १७ अर्ब २९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति एक खर्ब १२ अर्ब ७५ करोडले घाटामा रहेका थियो ।
सरकारी खर्च तथा राजश्व समीक्षा अवधिमा बैंकिङ्ग कारोबारमा आधारित संघीय सरकारको कुल खर्च पाँच खर्ब ९६ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल सरकारी खर्च छ खर्ब ४३ अर्ब ६४ करोड रहेको थियो ।
समीक्षा अवधिमा बैंकिङ्ग कारोबारमा आधारित राजस्व संकलन (प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत) १९दशमलब ५ प्रतिशतलेवृद्धि भई ५ खर्ब चार अर्ब ६० करोड रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा सरकारको कुल राजस्व २० दशमलब ८ प्रतिशतले वृद्धि भई पाँच खर्ब पाँच अर्ब ९० करोड रहेको थियो ।
सरकारको नगद मौज्दात २०७५ चैत मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खाताहरुमा एक खर्ब ४४ अर्ब ९२ करोड (स्थानीय तहको खातामा रहेको ५१ अर्ब ४७ करोड समेत) नगद मौज्दात रहेको छ ।
मौद्रिक स्थिति मुद्राप्रदाय आर्थिक वर्ष २०७५/७६ को नौ महिनामा विस्तृत मुद्राप्रदाय ९ दशमलब ३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय १० दशमलब ९ प्रतिशतले बढेको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०७५ चैत मसान्तमा विस्तृत मुद्राप्रदाय १७ दशमलब ७ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा/नोक्सान समायोजित) ६४ अर्ब ६८ करोड (६ दशमलब १ प्रतिशत) ले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति १४ अर्ब ६० करोड (१ दशमलब ४ प्रतिशत) ले घटेको थियो । समीक्षा अवधिमा सञ्चित मुद्रा १० प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ५ दशमलब ३ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ चैत मसान्तमा सञ्चित मुद्रा २ दशमलब ६ प्रतिशतले बढेको छ ।
कुल आन्तरिक कर्जा समीक्षा अवधिमा कुल आन्तरिक कर्जा १३ दशमलब २ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७५ चैत मसान्तमा यस्तो कर्जा २७ दशमलब २ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १६ दशमलब ४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १६ दशमलब ८ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ चैत मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २१ दशमलब ९ प्रतिशतले बढेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल
फागुन ११, २०८१ आइतबार
एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा
फागुन १०, २०८१ शनिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
जर्मनीमा गाँजामाथि फेरि प्रतिबन्ध लाग्दै, २ वर्षमा उल्टिदै निर्णय
फागुन १४, २०८१ बुधबार
प्रकृति लम्साल मृत्यु प्रकरणः ओडिसा सरकारले कलेजका थप ४ जना अधिकारीलाई बयानमा बोलायो
फागुन १४, २०८१ बुधबार
भारतका चार तेल कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध, इरानसँग व्यापार गरेको आरोप
फागुन १४, २०८१ बुधबार
बङ्गलादेशमा नेपाली सेना दिवस तथा साहित्यिक महोत्सव
फागुन १४, २०८१ बुधबार
मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार गर्नेविरुद्ध मुद्दा दायर
फागुन १४, २०८१ बुधबार