नवजोत सिंह सिद्धूलाई कांग्रेसले कार्वाही गर्ने
इन्द्र रिजाल
जेठ ७, २०७६ मंगलबार १७:५२:५१
एजेन्सी । कांग्रेस नेता तथा मन्त्री नवजोत सिंह सिद्धूलाई कांग्रेसले कार्वाही गर्ने भएको छ । सिद्धूको बयानबाट धेरैजसो मन्त्री उनको विपक्षमा गएपछि उनलाई पार्टीले कार्वाही गर्ने भएको हो ।
पंजाबको मामलामा आशा कुमारी पनि सिद्धूसंग रिसाएसंगै माहोल बिग्रिएको हो । सिद्धूलाई लोकसभा चुनावको परिणाम आएपछि कार्वाही हुने बुझिएको छ ।
सोमबारको मन्त्रिपरिषद बैठकमा मन्त्री सुखजिन्दर सिंह रन्धावा, पृप्त राजिन्दर सिंह बाजवा, साधू सिंह धर्मसोतले सिद्धूको बेतुके बयानबाजीप्रति असन्तुष्टि जनाएका हुन् ।
उनीहरुले कुनै गुनासो भए मन्त्रिपरिषदमै भन्नुपर्ने र बाहिर गएर नाराबाजी गर्नुको अर्थ नभएको बताएका छन् । सिद्धूले त्यस्ता व्यक्तिलाई ठोकिदेउ जसले मिलेर कांग्रेसको ढाडमा छुरा घोपेका छन् भनेका थिए । उनले गुरु ग्रन्थ साहिबको पन्जाबी आत्मामा चोट पुगेको र सबै सिख समुदाय आहत भएको भन्दै केही काँग्रेसी नेताकै कारण यस्तो भएको बताएका थिए ।
वन मन्त्री साधु सिंह धर्मसोतले यदि सिद्धूले क्याप्टेनको साथमा काम गर्न सक्दैनन् भने मन्त्री पदबाट राजीनामा दिए हुने बताएका छन् ।
सिद्धू आफ्नी पत्नी डा नवजोत कौर सिद्धूलाई चन्डिगढबाट लोकसभामा कांग्रेसले टिकट नदिएपछि भड्किएको बताइएको छ । अन्तिम समयमा आएर कौर सिद्धूको ठाउँमा पूर्व रेल मन्त्री पवन बन्सललाई टिकट दिइएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपचिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !
असोज ११, २०८१ शुक्रबार
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
असोज ११, २०८१ शुक्रबार
अस्ट्रेलियामा मङ्कीपक्सका घटनामा तीव्र वृद्धि, अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यका
असोज ११, २०८१ शुक्रबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार