‘हेल्मेट तपाईकै सुरक्षाका लागि हो, ट्राफिक प्रहरीका लागि होइन’ !
इन्द्र रिजाल
जेठ ७, २०७६ मंगलबार १९:२:३८
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुईपाङ्ग्रे सवारीसाधनमा पछाडि बस्ने व्यक्तिले पनि अनिवार्य रूपमा हेल्मेट लगाउनुपर्ने व्यवस्था लागु गर्ने घोषणा गरेपछि त्यसबारे सामाजिक सञ्जालमा विभिन्न किसिमका प्रतिक्रिया सार्वजनिक भएका छन्।
सडक दुर्घटनामा दुईपाङ्ग्रे सवारीसाधन बढी पर्ने र हेल्मेट नलगाउने भएकाले प्रायस् पछाडि बस्ने व्यक्तिको ज्यान जाने वा दीर्घकालीन रूपमा असर पुर्याउने खालका गम्भीर चोट वा अन्य समस्या उत्पन्न भएका घटनाको सङ्ख्या बढेको प्रहरी अधिकारीहरूको भनाइ छ।
त्यस्ता घटनालाई रोकथाम गर्न सुरक्षात्मक उपायका रूपमा हेल्मेट अनिवार्य बनाउनुपर्ने प्रहरीको तर्क छ। तर मिश्रित प्रतिक्रिया आएको अवस्थामा ट्राफिक प्रहरीले भने त्यो योजना तत्काल लागु गर्नुभन्दा पनि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा गरिएको व्यवस्थालाई क्रमिक रूपमा कार्यान्वयन गर्न लागिएको बताएको छ।
हाल परिमार्जनको क्रममा रहेको उक्त ऐनमा दुईपाङ्ग्रे सवारी मात्र नभएर यातायातका अन्य साधनबाट वा उक्त साधनका कारण हुने गरेको क्षति न्यून गर्नका लागि आवश्यक थप व्यवस्था लागु गरिनुपर्ने उनीहरू बताउँछन्।
कारण
महानगरीय ट्राफिक महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तका अनुसार दुईपाङ्ग्रे सवारी दुर्घटनामा पर्दा प्रायस् पछाडि बस्ने यात्रुको टाउकोमा गम्भीर चोट लाग्ने र मृत्यु पनि हुने गरेको हुँदा कानुनमा भएको व्यवस्थालाई टेकेर हेल्मेटको प्रयोग अनिवार्य गर्न लागिएको हो।
‘गत वैशाखको तथ्याङ्क हेर्ने हो भने काठमाण्डूमा भएका दुईपाङग्रे सवारी साधन दुर्घटनामा परेर तीनजना चालक र पछाडि बस्ने दुई यात्रुले ज्यान गुमाएका छन्,’ पन्तले भने। ‘सर्वसाधारणले के बुझ्न आवश्यक छ भने यो नियम हाम्रा ‘ट्राफिक प्रहरी’ लागि होइन। वहाँहरूको आफ्नै सुरक्षाका लागि नै हो।’
अव्यवस्थित सहरीकरण, साँघुरा सडक र सडक अनुशासनको कमीका कारण काठमाण्डूमा सवारीसाधनबाट हुने दुर्घटना बढ्दो क्रममा रहेको अधिकारीहरू बताउँछन्।
‘धेरैले अब यो प्रावधान तुरुन्त लागु हुने भयो भन्ने हिसाबले बुझेको देखिन्छ। ऐनमा भएको प्रावधान लागु गर्न सक्दा दुर्घटनाबाट हुने क्षति कम गर्न सकिन्छ भन्ने हिसाबले उक्त योजना अघि सारिएकोबारे जानकारी दिइएको हो,’ पन्तले भने।उनका अनुसार यातायात व्यवस्थापन विभागलगायत अन्य विभिन्न निकायसँग छलफल गरेर मात्र उक्त योजना लागु हुनेछ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ७ को दफा २ मा दुईपाङ्ग्रे सवारीचालक तथा सो सवारीमा बस्ने मानिसले हेल्मेट लगाउनुपर्ने उल्लेख गरिएको छ। दुईपाङग्रे सवारी साधनमा यात्रुले हेल्मेट लगाउने प्रावधान यसअघि पनि लागु गरिएको थियो।
तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा लागु गरिएको सो प्रावधान सशस्त्र माओवावादी द्वन्द्वका बेला सुरक्षा चुनौतीका रूपमा देखा परेपछि खारेज गरिएको थियो।
प्राय: दुईपाङ्ग्रे सवारीसाधन चालकले : केही सेकेन्डअघि मात्र भए दुर्घटना हुने लागेको चाल पाउने बताइन्छ। तर पछाडि बस्ने यात्रु प्रायस् सन्निकट दुर्घटनाबारे अनभिज्ञ हुन्छन्।
ट्राफिक प्रहरीले ल्याउन लागेको योजनालाई सकारात्मक मान्दै भेटवालले भने, ‘टाउकोको तौल अन्य अङ्गको भन्दा बढी हुने हुँदा सवारीबाट लडेको अवस्थामा टाउको ठोक्किने सम्भावना बढी हुन्छ। तसर्थ टाउकोको सुरक्षा गर्न थप आवश्यक हुन्छ।’
सामाजिक सञ्जालमा केही व्यक्तिले हेल्मेटको व्यापार बढाउन यो नियम लागु गर्न खोजिएको शङ्का व्यक्त गरेका छन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपगृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
संसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार