शैक्षिक महोत्सवबाट एक करोड रकम सङ्कलन
इन्द्र रिजाल
जेठ ७, २०७६ मंगलबार १९:४८:११
गलकोट । जिल्लाको काठेखोला गाउँपालिका–७ स्थित रेश नुन्थला माध्यमिक विद्यालयले सञ्चालन गरेको शैक्षिक महोत्सवमा रु एक करोड ७२ लाख रकम सङ्कलन गरिएको छ ।
विद्यालयको शैक्षिक उन्नयनका लागि आर्थिक सङ्कलन गर्ने उद्देश्यले गत वैशाख ३१ देखि जेठ ४ गतेसम्म सञ्चालन गरिएको शैक्षिक महोत्सवमा नगद र निःशुल्क प्राप्त भएको जग्गाको मूल्यसमेत जोड्दा रु एक करोड ७२ लाख सङ्कलन भएको विद्यालयले जनाएको छ ।
विद्यालयले कक्षा ११ र १२ मा सिटिभिटीबाट सम्बन्धन प्राप्त अमिन, कृषि तथा भेटेनरी र पूर्णप्रविधि मैत्री विद्यालय बनाउनका लागि शैक्षिक महोत्सवको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापाले बताए ।
“विद्यालयमा हाल ११ र १२ मा शिक्षा सङ्काय मात्र सञ्चालनमा छ, यसै वर्षदेखि व्यवस्थापन सङ्कायसमेत थप्नेछौँ”, प्रअ थापाले भने, “विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरका लागि शैक्षिक महोत्सव कोसेढुङ्गा सावित हुनेछ ।”
शैक्षिक सुधारको योजाना ल्याएपछि विद्यालयको शैक्षिक गुणस्तरमा क्रमश सुधार आएको काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर थापाले बताए । सो विद्यालयमा ४३७ विद्यार्थी अध्ययनरत् रहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले ३ कक्षासम्म अध्ययन गरेको प्रणामी माध्यमिक विद्यालयले पायो नयाँ भवन
मंसिर २६, २०८१ बुधबार
दमक व्यापारिक कम्प्लेक्स
मंसिर २३, २०८१ आइतबार
सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै पौवादुङमा
मंसिर १९, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार
एनपीएलमा प्लेअफका २ खेल हुँदै, सुदूरपश्चिम र जनकपुरबीच महाभीडन्त !
पुष ३, २०८१ बुधबार
किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार