ट्रम्पलाई भेट्न पुटिन तयार, अमेरिकी पक्षबाट औपचारिक प्रतिक्रिया अझै आएको छैन
इन्द्र रिजाल
जेठ ७, २०७६ बुधबार २:४:५५
एजेन्सी । जी–ट्वन्टी सम्मेलनको अवसरमा ट्रम्पसँग भेट्न पुटिन तयार भएको तर यस सन्दर्भमा अमेरिकी पक्षबाट औपचारिक प्रतिक्रिया नआएको रूसी प्रशासन केन्द्र क्रेमलिनले मङ्गलबार जनाएको छ ।
रूसी समाचार संस्था आरआए नोभोस्ती न्यूज एजेन्सीले रूसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेश्कोभलाई उद्धृत गरी भनेको छ, “यदि दुई मुलुकका राष्ट्रप्रमुखबीचको भेटको पहल हुन्छ भने रूसी राष्ट्रपति यसका लागि खुसीसाथ तयार हुनुहुनेछ ।
साथै, पक्कैपनि यूरोपको उर्जा सुरक्षाका बिषय पनि छलफलका एजेन्डा हुनेछन्,” उनले थपे, “तर दुई मुलुकका राष्ट्रपतिको भेट व्यवस्थाका लागि कुनै विशेष कदम चालिएको छैन ।”
प्रवक्ता पेश्कोभले भने, “हामीलाई अहिलेसम्म जापानमा आगामी महिना हुने जी–ट्वन्टी सम्मेलनमा पुटिन र ट्रम्पबीच छलफल हुने वा नहुने कुनै औपचारिक सूचना प्राप्त भएको छैन ।”
यस पहिले आएका रूसी सञ्चारमाध्यमहरूको रिपोर्टमा जापानमा हुने जी–ट्न्वन्टी सम्मेलनमा पुटिनले रूस अमेरिकासँग वार्ता र छलफलका लागि तयार रहेको बताएका सङ्केत गरिएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपचिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !
असोज ११, २०८१ शुक्रबार
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
असोज ११, २०८१ शुक्रबार
अस्ट्रेलियामा मङ्कीपक्सका घटनामा तीव्र वृद्धि, अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यका
असोज ११, २०८१ शुक्रबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार