ब्रोकर कार्यालयमा लगानीकर्ताको भीड, हाइड्रोमा आयो उछाल

इन्द्र रिजाल
जेठ ९, २०७६ बिहिबार १४:५८:२१

काठमाडौं। शेयर बजार घटेर ब्रोकर कार्यालय जान छाडेका लगानीकर्ता यतिबेला भने ब्रोकर कार्यालय धाउन थालेका छन्।
अहिले दोस्रो बजारमा लगानीकर्ताको चाप बढ्न थालेको हो। अधिकांश ब्रोकर कार्यलयमा लगानीकर्ताको भिडभाड देखिन थालेको छ।
प्राविधिक विश्लेषहरुकले शेयर बजारको वियरिस ट्रेण्ड सकिएको विश्लेषण गरेसँगै लगानीकर्ता बजार प्रवेश गरेका हुन्।
लगानीकर्ताको चाप बढ्न थालेसँगै पछिल्ला दिनमा कारोबार रकम पनि बढ्न थालेको छ। नेप्से सूचक ११०० को लाइनबाट सुधार हुँदै गर्दा बाणिज्य बैंकको शेयरमा उछाल आएको थियो।
बाणिज्य बैंकहरुको शेयर एक चरण बढिसकेको हुँदा नयाँ लगानीकर्ताहरु सस्ता कम्पनी छानेर कारोबार गरिरहेका छन्।
बुधबार जलविद्मुत क्षेत्रका कम्पनीको शेयर मूल्यमा उछाल आएको छ। अधिकांश जलविद्मुत क्षेत्रका कम्पनीको बजार मूल्य आधार मूल्य भन्दा तल भएकाले लगानीकर्ता आकर्षित हुन थालेका हुन्।
बैंक तथा वित्तीय संस्थाको शेयर खरिद गर्दै आएका लगानीकर्ताहरु पनि जलविद्मुत क्षेत्रका कम्पनीमा सिफ्ट भएका छन्।
बुधबार अरुण भ्याली हाइड्रोपावर,अपर तामाकोशी, अरुण कावेली पावर, रिडी हाइड्रोपावर, अपि पावर, माउन्टेन हाइड्रोपावर, हिमालयन पावर पार्टनर रैराङ हाइड्रोपावरको बढ्ने क्रममा सर्किट लागेको छ।
सबैभन्दा खराव अवस्थामा रहेको नेशनल हाइड्रोपावरको शेयर समेत ८.७० प्रतिशतले बढेर ७५ रुपैयाँ पुगेको छ। हाइड्रोपावर बाहेक मल्टिपर्पोज फाइनान्स र सिटी एक्सप्रेस फाइनान्सको शेयर बढ्ने क्रममा सर्किट लागेको छ।
गत सातादेखि उत्पादन तथा प्रसोधनमुलक क्षेत्रका कम्पनीमा उछाल आएकोमा दुईदेखि नाफा बुक गर्ने क्रममा घटिरहेको छ।
नाफा बुक गर्ने लगानीकर्ताले शेयर बिक्री गरे पनि वियरिस ट्रेण्ड सुरु भएको भन्दै लगानीकर्ताहरुले घटेको मूल्यमा शेयर खरिद गर्न खोज्दा कारोबार रकम भने बढिरहेको छ।
बुधबार नेप्से सूचक ७.४९ अंकले सुधार भएर १३१९.६३ अंकमा रोकिएको छ। बजार सुधार भए सँगै कारोबार रकम ९६ करोड ६६ लाख रुपैयाँको भएको छ।
जम्मा १७१ वटा कम्पनीको कारोबार हुँदा ९८ वटा कम्पनीको बढेको छ भने ५७ वटाको घटेको छ। हाइड्रो सेक्टरमा उछाल आएपनि घलेम्दी हाइड्रोको भने घट्ने क्रममा सर्किट लागेको छ।
गएका दिनमा शिवम र नेपाल बैंकको मात्रै अधिकतम कारोबार हुँदै आएकोमा बुधबार अधिकतम कारोबार हुनेमा हाइड्रोपावर कम्पनी पनि परेका छन्। नेपाल बैंकको सबैभन्दा धेरै ६ करोड ९६ लाख रुपैयाँको भएको छ।
शिवम सिमेन्टको भने शेयर घटेको छ। उत्पादन तथा प्रशोधनमुलक क्षेत्रको ३.१६ प्रतिशतले र म्युचुअल फण्डको २.०२ प्रतिशतले घटेको छ। सबैभन्दा धेरै हाइड्रोपावरको सूचक ५.३८ प्रतिशतले बढेको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमन्त्रिपरिषदबाट अनुकुल निर्णय नभएपछि उर्जामन्त्रीले फेरी सोधे कुलमानलाई २४ घण्टे स्पष्टीकरण
फागुन १३, २०८१ मंगलबार
चार दिनदेखि विद्युत वितरण बन्द हुँदा जनजीवन प्रभावित
फागुन ९, २०८१ शुक्रबार
सिस्नेरा र बाजगरामा ‘एक घर, एक धारा’
फागुन ७, २०८१ बुधबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
चलचित्र ‘हर्ष’को शुभ मुहूर्त, आँचलको ठाउँमा वर्षा राउत
फागुन १४, २०८१ बुधबार
‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
फागुन १४, २०८१ बुधबार
एकीकृत समाजवादीको सचिवालय बैठक सुरू
फागुन १४, २०८१ बुधबार
४५ दिनमा ६५ करोडले प्रयागराजस्थित महाकुम्भमा लगाए डुबुल्की
फागुन १४, २०८१ बुधबार
नेपाली बुहारी बनिन् बलिउड अभिनेत्री एवं युट्युबर प्रजक्ता
फागुन १४, २०८१ बुधबार