पोखरी पुनःनिर्माण सिक्न ललितपुरको टोली भक्तपुरमा
इन्द्र रिजाल
जेठ ९, २०७६ बिहिबार १५:२०:५५
भादगाउँ । काठमाडौँको रानीपोखरी पुनःनिर्माणमा दक्ष प्राविधिक जनशक्ति सहयोग गरेको भक्तपुर नगरपालिकाका पदाधिकारीहरुसँग ललितपुर महानगरपालिकाका प्रतिनिधिमण्डलले बुधबार भेट गर्दै पोखरी जिर्णोद्धारका बारेमा जानकारी लिएका छन् ।
ललितपुर महानगरपालिका–५ स्थित न्हुँपुखु पुनःनिर्माणका लागि त्यस वडाका सदस्य अशोककुमार श्रेष्ठ नेतृत्वको टोलीले भक्तपुर नगरप्रमुख सुनिल प्रजापति लगायतसँग भेटघाट तथा छलफल गरेको हो ।
भेटमा नगरप्रमुख प्रजापतिले पोखरी जिर्णोद्धार तथा पुनःनिर्माण गर्दा पोखरीको ऐतिहासिकता र मौलिकता जोगाउनुपर्ने बताए । उनले न्हुँपुखु उपभोक्ता समितिका पदाधिकारीलाई पुनःनिर्माण कार्य गर्दा मौलिक स्वरुप कायम गर्न, उपभोक्ता समितिमार्फत नै पुनःनिर्माण गर्न, आर्थिक अनुशासन, पारदर्शिता र इमानदारी कायम हुनेगरी समितिबाट निर्णय गरेर मात्र कार्य अगाडि बढाउनुपर्ने सुझाव दिए ।
उनले भक्तपुरको प्रसिद्ध भाज्या पुखु पुनःनिर्माणमा ऐतिहासिक र प्राविधिक अध्ययन अनुसन्धान गरी उत्खननबाट भेटिएका अवशेषको आधारमा पोखरीको बीचको मन्दिरको डिजाइन गरी पुनःनिर्माण कार्य अगाडि बढाइरहेको जानकारी दिए ।
नगरप्रमुख प्रजापतिले पोखरी जिर्णोद्धारको क्रममा पानी चुहिने समस्या समाधान गर्न पोखरीको छेउमा पाँच फिट गहिराइको खाल्टो खनी कालीमाटी भरेर उपभोक्ता समितिमार्फत मौलिकता जोगिने गरी कार्य गरिरहेको समेत बताए।
उनले सम्पदा संरक्षण र विकास निर्माणको कार्य उपभोक्ता समितिमार्फत गर्दा अपनत्व कायम हुने, स्थानीयलाई रोजगारको अवसर सिर्जना हुने र मौलिकता संरक्षण हुने उल्लेख गर्दै विसं २०७२ को भूकम्पले क्षति पुगेका भक्तपुर नगरका सम्पदामध्ये ८३ सम्पदा परम्परागत सीप र शैलीमा पुनःनिर्माण भइसकेको र ३२ सम्पदा पुनःनिर्माण भइरहेको बताए ।
उनले नगरका निजी आवासीय घर परम्परागत शैलीमा निर्माण गर्ने नगरवासीलाई मोहडामा प्रयोग हुने काठ, इँटा र झिँगटीको लागतमा ३५ प्रतिशत अनुदान दिइरहेको जानकारीसमेत दिए ।
भेटमा न्हुँपुखु उपभोक्ता समितिका पदाधिकारीहरूले भक्तपुर नगरपालिकाको सिद्धपोखरी र भाज्या पोखरीलगायतका पोखरीको संरक्षणको अनुभवबाट सिकेर न्हुँपुख पुनःनिर्माण गर्ने उद्देश्य रहेको बताए।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी
मंसिर ४, २०८१ मंगलबार
मंसिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
मंसिर ३, २०८१ सोमबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार