के तपाई शेयर लगानी गर्ने सोचमा हुनुहुन्छ ? तयारी हुनुहोस् शेयर हाल्न !
इन्द्र रिजाल
जेठ ९, २०७६ बिहिबार १७:४६:२२
काठमाडौं । के तपाई शेयर लगानी गर्ने सोचमा हुनुहुन्छ ? त्यसो भए तयारी हुनुस १६ वटा कम्पनीहरु शेयर निष्काशन गर्ने तरखरमा छन् ।
दुई वटाले आगामी साता शेयर निष्काशन गर्दैछन् भने १४ वटा कम्पनी धितोपत्र बोर्डको अनुमतिको पर्खाईमा छन् ।समग्रमा १६ वटा कम्पनीको कुल दुई अर्ब २४ करोड ३३ लाख रुपेयाँ बराबरको साधारण सेयर ‘आईपीओ’ आउँदैछ ।
इन्फिनिटी माइक्रोफाइनान्सको ६ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर जेठ १३ देखि खुल्दैछ भने १४ गतेदेखि हिमाल दोलखा हाइड्रोपावर कम्पनीले १६ लाख कित्ता आईपिओ आयोजना प्रभावितका लागि खुला गर्दैछ । त्यसपछि छिटै सर्वसाधारणका लागि पनि सेयर जारी गर्नेछ ।
यसबाहेक १४ कम्पनीले धितोपत्र बोर्डमा एक अर्ब ४५ करोड ६६ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्कासनका लागि आवेदन दिएका छन् । जसमध्ये, ११ जलविद्युत् कम्पनी, दुई माइक्रोफाइनान्स र एउटा मर्चेन्ट बैंकर रहेका छन् ।
पाइपलाईनमा रहेका कम्पनीहरु
ग्रिनलाइफ हाइड्रोपावर कम्पनी : ३४ लाख ९६ हजार चार सय कित्ता
लिबर्टी इनर्जी कम्पनी : ३७ लाख ५० हजार लाख कित्ता
शुभम पावर : पाँच लाख ८० हजार पाँच सय ८० कित्ता
शिव श्री हाइड्रोपार : ३३ लाख ५१ हजार एक सय ४० कित्ता
आँधीखोला लघुवित्त वित्तीय संस्था : चार लाख कित्ता
माउँली खोला जलविद्युत् कम्पनी : सात लाख ३६ हजार दुई सय ८६ कित्ता
रुरु जलविद्युत् परियोजना : चार लाख सात हजार सात सय पाँच कित्ता
माउन्टेन इनर्जी नेपाल : ३९ लाख ३६ हजार ५४ कित्ता
गर्जाङ उपत्यका हाइड्रोपावर : दुई लाख कित्ता
लाफिङ बुद्ध पावर नेपाल : नौ लाख ७८ हजार कित्ता
सीईडीबी हाइड्रो फन्ड : २२ लाख ८९ हजार तीन सय कित्ता
घोडिघोडा लघुवित्त वित्तीय संस्था : एक लाख ३२ हजार छ सय कित्ता
सबैको लघुवित्त वित्तीय संस्था : पाँच लाख ३० हजार कित्ता
सीबीआईएल क्यापिटल : तीन लाख कित्ता
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ
मंसिर २६, २०८१ बुधबार
नेप्सेमा गिरावट कायमै, कारोबार रकम साढे पाँच अर्बमा खुम्चियो
मंसिर २४, २०८१ सोमबार
दक्षिण कोरियाको राजनीतिक उथलपुथललाई वेवास्था गर्दै बिटक्वाइनको एक लाख डलरको शेयर कारोबार
मंसिर २०, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार