लोकसभा मतगणना : भाजपाको नेतृत्वमा दुई तिहाई सरकार बन्ने सम्भावना
इन्द्र रिजाल
जेठ १०, २०७६ शुक्रबार १३:३५:२९
काठमाडौं । भारतमा १७ औं लोकसभा चुनावको मतगणना अझै सकिएको छैन । शुक्रबार विहान ६ बजेसम्म कूल ३८ सिटका लागि मत गणना चलिरहँदा भारतीय जनता पार्टीको नेतृत्वमा रहेको एनडीए गठबन्धनले ३३२ सिटमा जीत हाँसिल गरिसकेको छ भने १६ सिटमा अग्रता हाँसिल गरेको छ ।
यसरी हिसाव गर्दा एनडीएले कूल ३४८ सिट ल्याउने सम्भावना देखिएको छ । सुरुवातदेखि नै ३४८ देखि ३५० को बीचमा अग्रता हाँसिल गर्दै आएकोले एनडीएले ३४८ सिट ल्याउने आँकलन गर्न सकिएको हो ।
भारतीय लोकसभामा दुई तिहाई पुर्याउनको लागि ३६२ सिट आवश्यक पर्दछ । त्यसमा एनडीएको ३४८ सिट आउँदा केही स्वतन्त्र पार्टीलाई समेत समावेश गराउँदा भाजपाको नेतृत्वमा दुई तिहाई सरकार बन्ने सम्भावना समेत देखिन्छ । अर्को तर्फ काँग्रेस नेतृत्वको यूपीए गठबन्धनको ९१ सिटमा जीत हाँसिल भएको छ भने ३ सिटमा अग्रता देखिएको छ । यसमध्ये पनि काँग्रेसको मात्रै ५२ सिटमा जीत र १ सिटमा अग्रता देखिएको छ ।
भाजपा एक्लैको भने २८६ सिटमा विजयी हुँदा १४ सिटमा अग्रता छ । यसबाट भाजपाले इतिहासमा नै पहिलो पल्ट ३०० कटाउने सम्भावना देखिएको छ । यदि अग्रतामा परिवर्तन नहुने हो भने कूल ३०० सिटमा भाजपाले जीत हाँसिल गर्ने देखिएको छ । भाजपा एक्लैले ३०० कटायो भने यो इतिहासमा नै पहिलो पल्ट हो।
अन्य दलहरुको खातामा भने ८१ सिटमा जीत भईसक्दा १९ सिटमा अग्रता देखिएको छ । जसमा उत्तरप्रदेशका समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीले क्रमश ५ र १० सिटमा जीत हाँसिल गरेका छन्। अग्रता समाजवादीको शून्य र बहुजनको १ सिटमा छ । उत्तर प्रदेशमा भाजपा गठबन्धनले ६१ सिटमा जीत हाँसिल गरिसकेको छ भने २ सिटमा अग्रता देखिएको छ ।
उत्तरप्रदेशबाट यूपीएकी अध्यक्ष सोनिया गान्धीबाहेक अरु सबै पराजीत भएका छन् । यहाँ काँग्रेसका अध्यक्ष राहुल गान्धी समेत अमेठी निर्वाचन क्षेत्रबाट पराजीत भएका थिए ।
पश्चिम बंगालमा भने अग्रता र जीतको हिसाव गर्दा तृणमूल काँग्रेस २२ स्थानमा र एडीए गठबन्धनका उम्मेदवारहरु १८ स्थानमा विजयी भएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार