अमेरिकामा भिषण आँधी, ठूलो जनधनको क्षति
इन्द्र रिजाल
जेठ १०, २०७६ शुक्रबार १९:४१:३७
एजेन्सी । अमेरिकाको मिजौरी राज्यमा आएको भिषण आँधीका कारण जनधनको ठूलो क्षति भएको अधिकारीहरुले जनाएका छन् ।
उद्धारकर्ताहरुले घरदैलोमा पुगेर स्थानीयबासीको उद्धार र खोजी कार्य जारी राखेको बताइएको छ । आँधीका कारण मिजौरीको गोल्डेन सिटीमा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मिजौरीको राजधानी शहर जेफरसन सिटीमा पनि क्षतिको आँकलन गर्ने कार्य जारी रहेको छ । राष्ट्रिय जलवायु सेवाले आँधीका कारण व्यापक क्षति गरेको जनाएको छ । मिजौरीका गभर्नर माइक पार्सोनले ट्वीट गर्दै गएरातिको वर्षासहितको ठूलो आँधीले राज्यमा व्यापक नोक्सान भएको बताए ।
आँधीले जेफरसन सिटीका कैयौं घर भत्काएको, पर्खाल ढालेको र छाना उडाएको छ । सडकमा रुख र बिजुलीका पोल ढलेर माकुराको जालो जस्तै भएको छ ।
आँधीले गरेको क्षतिको पूर्ण विवरण आउन अझै कैयौं दिन लाग्नेछ । आँधी पीडित झण्डै २० जनालाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । आँधी करिब २५७ किलोमिटर प्रति घण्टाको बेगमा आएको जलवायु संस्थाले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजेलेन्स्कीद्वारा रूसले भत्काउन नसक्ने ‘स्थायी शान्ति’ को आह्वान
पुष २, २०८१ मंगलबार
रुसले तालिबानलाई ‘आतङ्कवादी’ सूचीबाट हटाउने
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार