राजापुर सबस्टेशन सञ्चालनमा, २० हजारलाई विद्युत् सेवा

इन्द्र रिजाल
जेठ १०, २०७६ शुक्रबार २१:३४:३६

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणलाई बर्दियाको राजापुर क्षेत्रमा सधैँ सहज विद्युत् आपूर्तिका लागि चुनौती हुन्थ्यो । स्थानीयवासीको एउटै गुनासो हुन्थ्यो–प्राधिकरणले हामीलाई सौतेलो व्यवहार ग¥यो र भरपर्दो विद्युत् उपलब्ध गराएन ।
लामो प्रसारण लाइनका कारण सामान्य हावा हुरी चल्दा पनि विद्युत् प्रवाह काटिँदा मोबाइल फोन चार्ज गर्नसमेत समस्या हुने गरेको थियो ।
स्थानीयवासीले राजापुर क्षेत्रमा नै सबस्टेशन निर्माण गरिदिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्राधिकरणलाई लामो समयदेखि आग्रह गर्दै आएका थिए । लामो समयदेखिको स्थानीयवासीको माग सम्बोधन भएको छ ।
विद्युत् आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन निर्माण गरिएको राजापुर सबस्टेशन बुधबारदेखि सञ्चालनमा आएको प्राधिकरणले जानकारी दिएको छ ।
नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको रु नौ करोड ३६ लाखको लगानीमा निर्माण भएको ३३÷११ किलोभोल्ट क्षमताको राजापुर सबस्टेशन बुधबारदेखि सञ्चालनमा आएको हो ।
यसबाट त्यस क्षेत्रका करीब २० हजार ग्राहकले गुणस्तरीय र विश्वसनीय विद्युत् प्रयोग गर्न पाउने भएका छन् । नयाँ सबस्टेशन सञ्चालनमा आएपछि स्थानीयवासीसमेत हर्षित हुने प्राधिकरणको विश्वास छ ।
कैलालीको टीकापुरबाट राजापुरसम्मको करीब २० किलोमिटर ३३ केभी क्षमताको प्रसारण लाइन पनि बुधबारबाटै सञ्चालनमा आएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राससलाई जानकारी दिए ।
“पहिले राजापुर क्षेत्रमा टीकापुरबाट ११ केभी लाइनबाट विद्युत् आपूर्ति गरिएको थियो, लामो दूरीबाट लाइन लगिएकाले भोल्टेज तलमाथि हुने, पटकपटक लाइन ट्रिप हुने लगायतका समस्या थिए । ती सबै समस्या समाधान हुने भएका छन्”, कार्यकारी निर्देशक घिसिङले भने ।
टीकापुरबाट ३३ केभी क्षमताको प्रसारण लाइनबाट राजापुर सबस्टेशनमा विद्युत् जान्छ, त्यसपछि मात्रै ११ केभीबाट वितरण गरिने हुँदा भोल्टेज सुधार हुने, प्रणालीमा हुने प्राविधिक चुहावट घट्ने र विद्युत् आपूर्तिको विश्वसनीयता बढ्ने प्राधिकरणको बुझाइ छ ।
राजापुर सबस्टेशनमा तीन फिडर राखिएको छ । त्यसमध्ये ११ केभीका दुई वटा फिडरबाट विद्युत् आपूर्ति गरिएको प्राधिकरणका नेपालगञ्ज क्षेत्रीय कार्यालयप्रमुख मनोजकुमार सिंहले जानकारी दिए ।
प्राधिकरणले सबस्टेशन निर्माणका लागि आव ०७१÷७२ मा ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता २०७२ को असारदेखि कार्यान्वयनमा आएको थियो ।
प्राधिकरणले विद्युत्को पहुँच बढाउँदै गुणस्तरीय तथा विश्वसनीय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेशनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ ।
मुलुकबाट विद्युत्भार कटौतीको अन्त्य गरेपछि विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालू आर्थिक वर्षमा ३० वटा ग्रिड र २० वटा वितरण सबस्टेशनको निर्माण र स्तरोन्नति गरिसक्ने प्राधिकरणको योजना छ ।
चालू आर्थिक वर्षमा मात्रै झापाको घैलाडुब्बा, तनहुँको मार्कीचोक, रोल्पाको होलेरी, सल्यानको शीतलपाटी, जाजरकोटेको कुदु, प्यूठानको दम्ती, कैलालीको हसुलियालगायतका सबस्टेशन सञ्चालनमा आइसकेको प्राधिकरणको ग्राहक तथा वितरण निर्देशनालयले जनाएको छ ।
चालू आवभित्रै कूल छ सय सर्किट किलोमिटर प्रसारण लाइन र आठ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुनेछन् । प्राधिकरणले पछिल्लो एक वर्षमा १९ वटा ग्रिड र २० वटा वितरण सबस्टेशनको निर्माण सम्पन्न गरेको छ ।
सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने विद्युत् प्रवाह तथा करिडोरका लागिसमेत नियमित विद्युत् आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ ।
यसका लागि प्राधिकरणले सबस्टेशनको क्षमता स्तरोन्नति तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेशन बनाउनेलगायतका काम गरिरहेको छ ।
यस्तै प्राधिकरणले हालै मात्र त्रिशूली–काठमाडौँ २२० केभी क्षमताको प्रसारण लाइन र १३२ केभी क्षमताको काबेली करिडोर प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमन्त्रिपरिषदबाट अनुकुल निर्णय नभएपछि उर्जामन्त्रीले फेरी सोधे कुलमानलाई २४ घण्टे स्पष्टीकरण
फागुन १३, २०८१ मंगलबार
चार दिनदेखि विद्युत वितरण बन्द हुँदा जनजीवन प्रभावित
फागुन ९, २०८१ शुक्रबार
सिस्नेरा र बाजगरामा ‘एक घर, एक धारा’
फागुन ७, २०८१ बुधबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
चलचित्र ‘हर्ष’को शुभ मुहूर्त, आँचलको ठाउँमा वर्षा राउत
फागुन १४, २०८१ बुधबार
‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
फागुन १४, २०८१ बुधबार
एकीकृत समाजवादीको सचिवालय बैठक सुरू
फागुन १४, २०८१ बुधबार
४५ दिनमा ६५ करोडले प्रयागराजस्थित महाकुम्भमा लगाए डुबुल्की
फागुन १४, २०८१ बुधबार
नेपाली बुहारी बनिन् बलिउड अभिनेत्री एवं युट्युबर प्रजक्ता
फागुन १४, २०८१ बुधबार