स्थानीयलाई मात्र यार्सागुम्बा सङ्कलनको अनुमती, प्रवेश शुल्क ५ सयदेखि ३ हजारसम्म

इन्द्र रिजाल
जेठ ११, २०७६ शनिबार १४:०:१३

काठमाडौं । जेठ १३ मा यार्सागुम्बा सङ्कलनका लागि अनुमति खुला गरिने भएपछि शुक्रबारदेखि प्रवेश शुल्क लिएर प्रवेश दिन शुरु गरिएको छ । स्थायी ठेगाना खुल्ने प्रमाणपत्रका आधारमा मात्र प्रवेश शुल्क लिएर यार्सागुम्बा सङ्कलन गर्न प्रवेश दिइएको छ ।
शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले शुक्रबारबाट प्रवेश शुल्कबापत् मध्यवर्ती क्षेत्रभित्रका सर्वसाधारणका लागि रु ५००, मध्यवर्ती क्षेत्रबाहेक जिल्लाभित्रका सर्वसाधारणका लागि रु दुई हजार र जिल्ला बाहिरका सर्वसाधारणका लागि रु तीन हजार दस्तुर तोकिएको छ । त्यसबाहेक मध्यवर्ती क्षेत्रले सेवा शुल्कको रुपमा छुट्टै रु ५०० लिन पाउने व्यवस्था गरिएको छ । निकुञ्जले छोडपुर्जी दस्तुरबापत रु ३० हजार तोकेको छ । पुर्जीको म्याद जेठ १० गतेदेखि असार १० गतेसम्मको एक महीनाको अवधि रहने निकुञ्जले जनाएको छ ।
निकुञ्जले जेठ १३ गतेदेखि औपचारिक रुपमा जिल्लाका सम्पूर्ण यार्सापाटन खुलाउने निर्णय गरेको छ । राष्ट्रिय निकुञ्जभित्रका १५ नाकाबाट प्रवेश गर्नेलाई प्रवेश पुर्जी काटिएको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सूचना अधिकृत छत्र खड्काले राससलाई जानकारी दिए । निकुञ्ज क्षेत्रमा पर्ने सुलिगाड, सुम्दुवा, छेप्का, पलम, रिग्मो, साल्दाङ, धो, त्रिपुराकोट, खालीवन, नाउली, तोइजुमलगायतका १४ वटा स्थानबाट सङ्कलन पुर्जी वितरण भइरहेको छ ।
यार्सा सङ्कलनको लागि छिमेकी जिल्ला रुकुम, जाजरकोट, जुम्लालगायतका अन्य जिल्लाबाट सर्वसाधारण आएको उनले बताए । यो मौसममा यार्सागुम्बा सङ्कलन गरेर वर्षभरि आफ्ना आधारभूत आवश्यकता पूरा गर्ने उनीहरुको भनाइ थियो । दैनिक आवश्यकता पूरा गर्नका लागि आफू यार्सागुम्बा सङ्कलन गर्न आएको रुकुम आठबीसकोट नगरपालिका–११ की हीरा शाहीले बताइन् ।
अघिल्ला वर्षहरुमा भन्दा यो वर्षमा राष्ट्रिय निकुञ्जले चोरी निकासी गर्नेप्रति कडाइ गरिएको छ । यार्सा सङ्कलनकर्ताले अनिवार्य रुपमा आफ्नो साथमा स्थायी ठेगाना खुल्ने नागरिकता वा परिचयपत्र लिएर आउनेलाई मात्र पाटन प्रवेश गर्न दिइने छ । पाटनमा दैनिक खानका लागि खाद्यान्नलगायतका सामग्री लिनका लागि प्रयोग भएका घोडा खच्चरको रु १५० प्रवेश शुल्क लिइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल
फागुन ११, २०८१ आइतबार
एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा
फागुन १०, २०८१ शनिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
जर्मनीमा गाँजामाथि फेरि प्रतिबन्ध लाग्दै, २ वर्षमा उल्टिदै निर्णय
फागुन १४, २०८१ बुधबार
प्रकृति लम्साल मृत्यु प्रकरणः ओडिसा सरकारले कलेजका थप ४ जना अधिकारीलाई बयानमा बोलायो
फागुन १४, २०८१ बुधबार
भारतका चार तेल कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध, इरानसँग व्यापार गरेको आरोप
फागुन १४, २०८१ बुधबार
बङ्गलादेशमा नेपाली सेना दिवस तथा साहित्यिक महोत्सव
फागुन १४, २०८१ बुधबार
मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार गर्नेविरुद्ध मुद्दा दायर
फागुन १४, २०८१ बुधबार